Successfully Copied

जेम एण्ड ज्वेलरी एक्स्पो सम्पन्न

तिन दिनदेखि जारी ज्वेलरी एक्सपो मंगलबार जेम्स एण्ड ज्वेलरिजम सिजन टु कार्यक्रम गरि सम्पन्न भएको छ । एक्स्पोको अन्तिम चरण जेम्स एण्ड ज्वेलरीजम सिजन–२ भव्यतासाथ आयोजना गरिएको थियो ।

तिन दिनदेखि जारी ज्वेलरी एक्सपो मंगलबार जेम्स एण्ड ज्वेलरिजम सिजन टु कार्यक्रम गरि सम्पन्न भएको छ । एक्स्पोको अन्तिम चरण जेम्स एण्ड ज्वेलरीजम सिजन–२ भव्यतासाथ आयोजना गरिएको थियो । आठ वटा ज्वेलरी कम्पनीका विभिन्न नयाँ ट्ेरण्डका  ज्वेलरी र फेसनेवल पहिरनमा १६ जना मोडल सो मा सहभागि भए । जेम एण्ड ज्वेलरी तथा सुन चाँदी व्यवसायी महासंघ लगायत तिनवटा महासंघले आयोजना गरेको एक्स्पोमा ज्वेलरी सो पिस ज्वेलरीजम सिजन–२ मार्फत बृहत प्रस्तुत गरिए । ज्वेलरीजम सिजन– २ मा यो वर्षका मिस नेपाल अर्थात क्राउन लेडीहरु पनि सोमा सहभागी थिए । यसैगरी, सेलिब्रेटी मोडलका रुपमा प्रियाका कार्की, जेनिसा मोक्तान, साहाना बज्रचार्य, सन्ध्या केसी सहभागी थिए । कार्यक्रमको उद्घोषण सदिक्षा श्रेष्ठले गरिन् । यसैगरी, सोमा प्रस्तुत पहिरन नेपलाका तिन जना लोकप्रिय डिजाइनर मुकु, प्रज्ञा चित्रकार, निसु कलेक्सनले तयार गरेका हुन । सोामा कोरियोग्राफीका लागि प्रशान्त ताम्राकार र सम्पूर्ण मेकअपका लागि भिएलसीसी उत्तरदायी भए ।

तस्विरहरु: महेश प्रधान

 Image