Successfully Copied

मिरा राई बेलायतमा अभिनन्दित

अल्ट्रा धाविका मिरा राईलाई गत महिना बेलायतका विभिन्न संघसंस्थाले अभिनन्दन गरे । केन्ट, फोक्सटनस्थित ग्रामर स्कुल सभाहलमा सगरमाथा तेक्वान्दो डोजाङ, नेपाली युवा समूह बेलायत, किराात राई यायोक्खा, जेन मार्सलआर्ट तथा भोजपुर वेलफेयर सोसाइटी

अल्ट्रा धाविका मिरा राईलाई गत महिना बेलायतका विभिन्न संघसंस्थाले अभिनन्दन गरे । केन्ट, फोक्सटनस्थित ग्रामर स्कुल सभाहलमा सगरमाथा तेक्वान्दो डोजाङ, नेपाली युवा समूह बेलायत, किराात राई यायोक्खा, जेन मार्सलआर्ट तथा भोजपुर वेलफेयर सोसाइटी यूकेले उनको अभिनन्दन गरेका हुन् । ती संघसंस्थाले धाविका राईलाई झन्डै २० हजार पाउन्ड पनि प्रदान गरे । सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष मास्टर राष्ट्र राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले धाविका मिरा राईले देशको नाम उँचो राख्नु गौरवको विषय भएको बताए । कार्यक्रममा बोल्दै मिराले संसारभर छरिएर रहेका नेपालीको माया, प्रोत्साहन र प्रेरणाले नै सफलता हासिल गरिरहेको र आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाइन् । वल्र्ड च्याम्पियन बन्ने यात्रामा हिँडेकी मिराले यसवर्षको अल्ट्रा सिरिजको नयाँ सिजन २०१६ बेलायती भूमिबाट सुरुवात गरेकी छिन् । बेलायतमा गत ३० अप्रिलमा सम्पन्न ३७ किलोमिटरको ‘थ्री पिक्स’ दौडमा हजारौं प्रतिस्पर्धीलाई उछिन्दै उनले दोस्रो स्थान हात पारेकी थिइन् ।

 Image