Successfully Copied

मृत्यु संस्कार परिमार्जन गर्ने अभियानमा एकल महिला

मल्लकालीन मृत्यु संस्कार परिमार्जनमा ललितपुरका महिलाहरू अग्रसर भएका छन् । श्रीमान्को निधन भैसकेका ललितपुर जिल्लाका ४ सयभन्दा बढी महिलाले गत महिना रातो पहिरनमा र्‍याली गरे

मल्लकालीन मृत्यु संस्कार परिमार्जनमा ललितपुरका महिलाहरू अग्रसर भएका छन् । श्रीमान्को निधन भैसकेका ललितपुर जिल्लाका ४ सयभन्दा बढी महिलाले गत महिना रातो पहिरनमा र्‍याली गरे । सुनाकोठी, ठेचो, चापागाउँ, लेले, देवीचौर, छम्पी, डुकुछाप, भारदेउ, लुभु, धापाखेल, खोकना, बुङमती आदिका महिलाहरूले ‘एकल महिलाको सम्मान, रातो अभियान’ भन्दै उक्त र्‍याली सम्पन्न गरेका हुन् । ठेचो सरस्वती खेलबाट प्रारम्भ भएको र्‍याली सुनाकोठी बालकुमारी चोकमा पुगेर सभामा परिणत भएको थियो । मृत्यु संस्कार समयअनुसार परिमार्जन नहुँदा अनावश्यक झन्झट एवं दु:ख सहनुपरेको भन्दै परिमार्जनमा महिलाहरू आफैं अग्रसर भएका हुन् । मृत्यु संस्कार परिमार्जनसाग प्रत्यक्ष सम्बन्ध राख्ने गुठीहरूले खासै चासो नदिएकाले संस्कार परिवर्तनमा अग्रसर भएको उनीहरूले बताए । नेवार समुदायमा विधवा महिलाहरूको भीमरथारोहण नगरेसम्म रातो साडी, चुरा, टीका लगाउन नहुने परम्परा छ । उनीहरूले अबदेखि विधवा महिलाहरूले इच्छा अनुसार बर्खी नबारे पनि हुने घोषणा 

समेत गरे । 

 Image