Successfully Copied

डिज्नी ल्यान्ड : सपनाको संसार

अमेरिकाको क्यालिफोर्नियामा निर्मित डिज्नी ल्यान्ड विश्वको पहिलो डिज्नी ल्यान्ड हो । यसलाई सन् १९५५ जुलाई १७ मा वाल्ट डिज्नीले निर्माण गरेका थिए । सपनाले भरिएको यो स्थानले बालबालिकाहरूलाई विशेष रूपमा आमन्त्रण एवं आकर्षित गर्छ ।

डिज्नी ल्यान्डका सम्बन्धमा त नेपाली समाज बेखबर छैन । कतिपय बालबालिकाले आमाबुबासँग डिज्नी ल्यान्डको भ्रमण गर्ने चाहना व्यक्त गर्दै आएका हुन्छन् । टेलिभिजनका किड्स शोहरूमा बारम्बार चर्चा हुने ‘डिज्नी ल्यान्ड’ भ्रमण गर्ने चाहना बालबालिकाहरूमा मात्र होइन उनीहरूका अभिभावकमा पनि जागेको हुनसक्छ । 

अमेरिकाको क्यालिफोर्नियामा निर्मित डिज्नी ल्यान्ड विश्वको पहिलो डिज्नी ल्यान्ड हो । यसलाई सन् १९५५ जुलाई १७ मा वाल्ट डिज्नीले निर्माण गरेका थिए । सपनाले भरिएको यो स्थानले बालबालिकाहरूलाई विशेष रूपमा आमन्त्रण एवं आकर्षित गर्छ । यदि भीडभाडबाट टाढा रहेर सपनाको संसारको सयर गर्ने हो भने परिवारसहित डिज्नी ल्यान्ड पुग्नैपर्छ । 

अहिले अमेरिकामा मात्र होइन, चीनको हङकङ र संघाई, फ्रान्सको पेरिस तथा जापानको टोकियोमा समेत डिज्नी ल्यान्ड निर्माण गरिएका छन् । 

मुख्य आकर्षणको केन्द्र 

डिज्नी ल्यान्डमा डिज्नीका पात्रहरू घुमिरहेका भेटिन्छन् । यद्यपि ती पात्रहरूलाई देख्दा यस्तो लाग्दैन कि उनीहरू मान्छे हुन् । आगन्तुकले पनि यस्ता क्यारेक्टरको गेटअपमा मनोरञ्जन गर्न सक्छन् । मिक्की, मिनी माउस, पुह, गुफी, प्लुटो, प्रिन्सेस टियाना तथा टिंकर बेलका भिन्न–भिन्न थिममा बनाइएका डिज्नी ल्यान्डका मुख्य आकर्षण यस प्रकार छन् : 

मेन स्ट्रिट

डिज्नी ल्यान्डमा सबैभन्दा पहिले यहीँ नै पुगिन्छ । यहाँ आगन्तुकले भिक्टोरिया कालको अमेरिका फेला पार्न सक्छन् । 

एडभेन्चर ल्यान्ड

यो स्थान पूर्णरूपमा रोमान्सले भरिएको छ । त्यहाँ पुगेपछि यस्तो लाग्छ, कुनै स्वप्न लोकमा पुगिएको छ । इन्डियाना जोन्स टेम्पल अफ द फरविडेन आई तथा टार्जनको घर यहाँका मुख्य रोमाञ्चक पक्ष हुन् । 

न्यू अर्लिएन्स स्क्वायर

प्यारेन्ट्स अफ द क्यारेवियन तथा माउन्टेन मेन्सन यहाँका आकर्षणका केन्द्र हुन् । 

फ्रन्टियर ल्यान्ड

अमेरिकन फ्रन्टियरको पायनियर डेको थिममा निर्मित फ्रन्टियर ल्यान्डको बिग थन्डर माउन्टेन रेलरोड र माक ट्वेन रिभर रोड यहाँका आकर्षण हुन् । 

फेन्टासी ल्यान्ड

यसलाई स्वप्न नगरी भन्न सकिन्छ । डार्क राइड्स, चिल्ड्रेन राइड्स यहाँका मुख्य आकर्षण हुन् । 

क्रिटर कन्ट्री : क्रिटर कन्ट्रीमा भालुले गीत गाइरहेको देख्न पाइन्छ । 

मिकी टुनटाउन

यहाँ टेलिभिजनको स्क्रिनमा देखिने मिकी माउस र मिनी माउससँग साक्षात्कार गर्न सकिन्छ । यहाँ उनीहरू हिँडिरहेका, नाचिरहेका हुन्छन् । मिकी टुनटाउनमा यी कार्टुन चरित्रको घर छ । 

टुमारो ल्यान्ड

यसको नामबाट नै यो पार्क आउने समयको थिममा बनाइएको स्पष्ट हुन्छ । आउने समयको सुन्दर परिकल्पनामा निर्माण गरिएको यो पार्कमा आगन्तुकहरूको मन अघाउँदैन । 

डिज्नी ल्यान्डको यात्रा गर्नुअघि 

पार्क घुम्नुभन्दा एकदिनअघि नै पार्कको म्याप राम्रोसँग अध्ययन गर्नु राम्रो हुन्छ । जानकारहरूका अनुसार प्रवेशद्वारको साटो अन्तिम प्रस्थान बिन्दुबाट घुम्न थाल्नु उपयुक्त हुन्छ । 

फास्टपास

फास्टपास एउटा त्यस्तो यन्त्र हो जसले आफूलाई मनपर्ने यात्राको सही समय बताइदिन सक्छ । यो यन्त्रलाई राम्रोसँग बुझ्नुपर्छ जसले गर्दा घन्टौं लाइनमा बसेर कुनै पनि यात्राका लागि पालो पर्खिरहनु पर्दैन । 

प्रस्तुति हेरौं 

यो सुन्दर पार्कमा घुमफिर गरेर जब थकान महसुस हुन्छ, नजिकको कुनै थिएटरमा पसेर विभिन्न किसिमका प्रस्तुति हेर्न सकिन्छ । यहाँ हरेक समय कुनै न कुनै थिएटरमा केही न केही प्रदर्शन भैरहेको हुन्छ । 

कसरी बन्यो डिज्नी ल्यान्ड

डिज्नी ल्यान्ड वाल्ट डिज्नीको परिकल्पनाको उपज हो । यति मनमोहक र लोकप्रिय पार्कको अवधारणा उनको मस्तिष्कमा कसरी आयो त ? 

कुनै समय उनी आफ्ना दुई छोरीका साथ कुनै पार्कमा गएका थिए । त्यहाँ अन्य बालबालिकाहरू पनि खेलिरहेका थिए, रमाइरहेका थिए । यद्यपि त्यसको विपरीत वाल्टकी छोरी दिक्क मानेर बसिन् । त्यतिबेला वाल्टको मनमा एउटा यस्तो पार्कको अवधारणा आयो त्यसमा जस्तासुकै बालबालिका  पनि रमाउन सकून् । उनीहरू हाँस्न, खेल्न, रमाउन पर्याप्त स्रोत, साधन र वातावरण भएको पार्क होस् । त्यस्तो पार्कमा स–साना बालबालिकाहरू मात्र होइन, उनीहरूलाई खेल्न लाने अभिभावकहरूले समेत मनोरञ्जन प्राप्त गर्न सकून् । यही सोचले डिज्नी ल्यान्डको जन्म भयो । डिज्नी ल्यान्डलाई वाल्ट डिज्नी ल्यान्ड पनि भनिन्छ । 

केही चीज आफूसँग राख्नुहोस् 

–डिज्नी ल्यान्डको भ्रमणमा केही चीज आफूसँग हुनुपर्छ । 

–आफ्नो फेवरेट कार्टुन क्यारेक्टरको अटोग्राफ लिन अटोग्राफ बुक र कलम साथमा लानुपर्छ । 

–त्यहाँका विशेष क्षणहरूलाई कैद गर्न क्यामेरा, एक्ट्रा मेमोरी कार्ड तथा व्याट्री व्याकअप बोक्नुपर्छ । 

–त्यहाँ ह्याट र ज्याकेट पनि आवश्यक हुन्छ । 

स्ट्रिट फुड

डिज्नी ल्यान्ड घुम्दा खानेकुराको स्वाद पनि लिन सकिन्छ । कर्न डग्स, मिकी वेनिएट्स, पिनट वाटर स्यान्डवीच, चिचिचांगा, हेन्डमेड क्यान्डी केन आदि यहाँका राम्रा स्न्याक्स हुन् । 

सपिङ 

कार्टुन क्यारेक्टरको यो दुनियाँमा घुम्न जति मज्जा छ, उत्ति नै मज्जा किनमेलबाट पनि उठाउन सकिन्छ । त्यहाँ पुगेपछि नानाथरीका खेलौना किनमेल गर्न सकिन्छ । यस्ता खेलौनाले पछिसम्म डिज्नी ल्यान्ड घुमेको स्मरण गराउँछन् । 

 Image