Successfully Copied

अन्ना बस्नेत , महिला वृत्ति सहकारी संस्था

बसम्म महिलाहरू आर्थिक रूपमा सम्पन्न हुँदैनन् तबसम्म उनीहरू कहिल्यै माथि पुग्न सक्दैनन् ।

जबसम्म महिलाहरू आर्थिक रूपमा सम्पन्न हुँदैनन् तबसम्म उनीहरू कहिल्यै माथि पुग्न सक्दैनन् । महिलाहरू आर्थिक रूपमा स्वतन्त्र भए उनीहरूमा निर्णय गर्ने क्षमता वृद्धि हुन्छ । उनीहरूले कसैको दबाब तथा हेपाइमा बस्नुपर्दैन । बस्नेत  आफूहरूले धेरै महिलालाई ऋण दिएर आर्थिक रूपमा सम्पन्न बनाउन सहयोग गरेको बताउँछिन् । शर्मा घर–घरमा गएर महिला दिदीबहिनीहरूलाई लगानी, बचत तथा लगानीका विषयमा जानकारी गराउँछिन् । घाम–पानी केही नभनी उनी बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म काममा खटिन्छिन् । बस्नेत  कटिबद्ध कर्मचारी मात्र होइनन् एक कर्तव्यनिष्ठ आमा पनि हुन् । अन्ना  भन्छिन्–मैले घर तथा कार्यालय दुवैको दोहोरो जिम्मेवारी बहन गरी आफ्नो कर्तव्य पूरा गरेकी छु । महिला भएर मैले गर्न सक्ने त्यत्ति हो । परिवार राम्रो भए उत्कृष्ट समाज तथा देश बनाउन सजिलो हुन्छ । शर्मा पानी, बिजुली तथा ग्यास खेर फाल्दिनन् । घर तथा आफ्नो तलबको कर भुक्तान गर्छिन् । नियमित रूपमा स्कुटरमा बजार भ्रमण गर्ने अन्ना लाइसेन्स नलिई कहिल्यै सवारी साधन चलाउँदिनन् । उनी टोलको सरसफाइ गर्न सदैव तयार हुन्छिन् । उनको संस्थाले समय–समयमा टोल सरसफाइ कार्यक्रमसमेत राख्ने गरेको छ । 

 Image