Successfully Copied

तेक्वान्दोमा अब्बल रोमी

तेक्वान्दो खेलमा सबैभन्दा उच्च शिक्षा हासिल गर्ने रोमी गिरी २२ वर्षकी भइन् । उनलाई भर्खरै मात्र अमेरिकन दूतावासअन्तर्गतको युथ काउन्सिलले तेक्वान्दो खेलबाट प्रथम र एक मात्र महिला सदस्य छान्यो ।

तेक्वान्दो खेलमा सबैभन्दा उच्च शिक्षा हासिल गर्ने रोमी गिरी २२ वर्षकी भइन् । उनलाई भर्खरै मात्र अमेरिकन दूतावासअन्तर्गतको युथ काउन्सिलले तेक्वान्दो खेलबाट प्रथम र एक मात्र महिला सदस्य छान्यो । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिकी जागिरे गिरी हाल तेक्वान्दोको राष्ट्रिय निर्णायक तथा प्रशिक्षक हुन् । जापानको चौधौं युवा नेतृत्व क्याम्पमा नेपालबाट छानिएकी एक्ली युवती रोमी राष्ट्रिय च्याम्पियनसीपमा १२ पटक सहभागी भैसकेकी छिन् । रोमी सन् २०१५ को राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकी कोषाध्यक्ष पनि हुन् । एमबीए सिध्याउने तयारीमा रहेकी बहुमुखी प्रतिभाकी धनी रोमी भन्छिन्–‘यो क्षेत्र महिलाका लागि चुनौतीपूर्ण छ । सर्वप्रथम आफू स्वयं बोल्ड हुनु जरुरी छ किनभने खेल क्षेत्रलाई अझैसम्म पनि पुरुषको मात्र क्षेत्र भन्ने चलन छ ।’

 Image