Successfully Copied

नेल आर्ट कसरी गर्ने ?

नेल आर्ट नेपालमा लोकप्रिय छ । नयाँ वर्षमा पनि यो ट्रेन्ड ताजा नै रहने सौन्दर्य व्यवसायीहरू दाबी गर्छन् । युवतीहरूको क्रेजले गर्दा यो ट्रेन्ड सजिलै हराइहाल्ने अवस्था छैन ।

नेल आर्ट नेपालमा लोकप्रिय छ । नयाँ वर्षमा पनि यो ट्ेरन्ड ताजा नै रहने सौन्दर्य व्यवसायीहरू दाबी गर्छन् । युवतीहरूको क्रेजले गर्दा यो ट्रेन्ड सजिलै हराइहाल्ने अवस्था छैन । नङमा विभिन्न रंग लगाएर आफूलाई मन पर्ने बुट्टा, हाँगाका साथै अन्य आकृति कोर्ने कुराले फेसनको रूप लिएको छ । यसैगरी नङलाई विभिन्न रंग–रूप दिएर लामो, चेप्टो वा यु सेप दिएर कृत्रिम नङ जोड्ने चलन फेसनका रूपमा भित्रिसकेको छ । नेल आर्टका २५ भन्दा बढी शैली छन्, तीमध्ये नेपालमा पाँच प्रकारका शैली चल्तीमा पाइन्छ । नेल आर्ट आफैं घरमा बसेर पनि गर्न सकिन्छ भने नेल आर्ट सेन्टरमै गएर पनि गराउन सकिन्छ । 

जेल नेल आर्ट

नङलाई विभिन्न रंगले रंगाएर विविध आकृति निकाल्न सकिन्छ । यसलाई पनि फ्रेन्स, कलरफुल, पेपर  आर्ट, वाटरप्रुफ मार्बलर, डट सेप, एल सेप, स्टाम प्रिन्ट, क्र्याक सेप आदि स्टाइलमा बनाउन सकिन्छ ।

 जेल नेल एक्सटेन्सन

नङलाई विभिन्न आकार दिन जेल नेल एक्सटेन्सन गर्ने चलन छ । यसमा नङलाई विभिन्न आकार दिने वा लामो बनाउने काम गरिन्छ । एक्सटेन्सन गरेपछि त्यसलाई विभिन्न आकृतिमा रंगाउन सकिन्छ । यसरी नङलाई सुहाउँदो आकार दिएर रंगाउने विधिलाई जेल नेल एक्सटेन्सन भनिन्छ । 

थ्रिडी 

यसमा नङलाई विभिन्न आकर दिएर नङमा ब्रस र पाउडरको सहयोगमा फूलहरू राखिन्छ । यस्तो फूल महिना दिनसम्म टिक्छ । औंला वा नङको सेप हेरेर सुहाउँदो फूल वा बुट्टा सजाइन्छ । 

कुलदीप कुमार वाष्र्णेय 

मुम्बई ट्रेनिङ सेन्टर, डिल्लीबजार चारखाल मोड 

 Image