Successfully Copied

राष्ट्र हितका लागि के गर्न सक्छु ?

लामो समयदेखि सञ्चार माध्यममा आबद्ध वर्षा शाह आफुलाइ देशका सक्षम नागरि हो भन्छिन । शिक्षा तथा स्वास्थ्य नेपालका जल्दाबल्दा मुद्दा हुन् ।

लामो समयदेखि सञ्चार माध्यममा आबद्ध वर्षा शाह  आफुलाइ देशका सक्षम नागरि हो भन्छिन । शिक्षा तथा स्वास्थ्य नेपालका जल्दाबल्दा मुद्दा हुन् । त्यसका लागि हरेकले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्ने शाह बताउँछिन् । वर्षा भन्छिन्–अहिले युवाहरू बिदेसिने तथा उतै बस्ने चलन उत्कर्षमा छ । औंलामा गन्न मिल्ने केही युवा मात्र नेपालमा काम गरिरहेका छन् । यसमा उनी आफू पनि एक भएकीले यो पनि देशका लागि आफ्नो योगदान भएको बताउँछिन् । आफूले कलमले धेरै नेपालीलाई सचेत बनाएको बताउँदै वर्षा भन्छिन्–‘मैले आफ्नो बिटका अनेकौं मुद्दामा काम गरिसकेकी छु । शाह  बाल्यकादेखि नै राज्यले निर्धारण गरेका नियम–कानुनहरूका विषयमा खुलेर वकालत गर्छिन् । उनी नियमित आफ्नो आयकर तिर्छिन् । लाइसेन्सविना कुनै सवारी साधन चलाउँदिनन् । घर–आँगनको सफाइ गर्न र रुख–बिरुवा रोप्न उनी सदैव उत्साहित हुन्छिन् । आफूभन्दा सानालाई माया तथा ठूलालाई आदर गर्न सबैलाई सिकाउँछिन् ।

वर्षा शाह , संचारकर्मी 

 Image