Successfully Copied

स्वास्थ्य समस्या ल्याउन सक्छ मोबाइलले

मोबाइल फोन अहिले सबैका लागि सम्पर्कको सजिलो माध्यम भएको छ । अब यो फोन कुराकानीका लागि मात्र प्रयोग गरिँदैन, इन्टरनेट चलाउन तथा मनोरञ्जन र ज्ञानका अनेक प्रयोजनमा समेत यसकै प्रयोग हुन थालेको छ ।

मोबाइल फोन अहिले सबैका लागि सम्पर्कको सजिलो माध्यम भएको छ । अब यो फोन कुराकानीका लागि मात्र प्रयोग गरिँदैन, इन्टरनेट चलाउन तथा मनोरञ्जन र ज्ञानका अनेक प्रयोजनमा समेत यसकै प्रयोग हुन थालेको छ । यसलाई अब कम्प्युटरजस्तै प्रयोग गर्न सकिन्छ । त्यसैले हिजोआज युवादेखि प्रौढसम्मका हातमा मोबाइल देख्न सकिन्छ । स्कुल–कलेजदेखि शौचालय अनि बिछ्यौनासम्म मोबाइलले साथ दिने गरेको छ । कार वा बाइक अनि साइकल नै किन नहोस्, मोबाइलमा आएको फोन उठाउन हातमा रहेको हेन्डलले अप्ठेरो पार्दैन, जसले सडक दुर्घटना पनि बढाएको छ । हुन त अहिले मोबाइल फोन स्टाइल स्टेटमेन्ट बनिसकेको छ । कक्षादेखि अफिससम्म, स्मार्ट फोन हातमा लिएर स्मार्ट देखिन चाहनु जोकसैको रहर भएको छ । स्टाटस सिम्बोल बन्न थालेको छ–मोबाइल । फेसबुकमा अपलोड गरिएका तस्बिरमा पनि आइफोनले खिचेको वा ग्यालेक्सीले तस्बिर खिचेको भनेर लेख्न थालेका छन्–युवाहरू । जसरी हुन्छ नयाँ–नयाँ मोडलका मोबाइल हातमा खेलाउन चाहन्छन्–युवाहरू । जसका लागि उनीहरू अनेक तरिकाले पैसाको जोगाड गरिरहेका हुन्छन् । चीनदेखि बेलायतसम्मका युवाहरू आइफोनका लागि कुमारित्व र मृगौला बेच्न तयार छन्, त्यसो त राजधानीका कलेजमा अध्ययनरत युवती पनि नयाँ महँगा मोबाइलका लागि सजिलै क्याजुअल सेक्सका लागि तयार हुन थालेको सुनिन्छ । मोबाइलप्रतिको युवा क्रेज निक्कै बढी छ तर धेरैले मोबाइललाई स्टाटस सिम्बोल र शानको कुरा मानिरहँदा यसले शरीरमा पार्ने नकारात्मक प्रभावको पक्ष भने ओझेलमा पर्दै गएको छ । 

विशेषज्ञहरू मोबाइलको अत्यधिक प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन् । धेरै मोबाइल चलाउने व्यक्तिको मस्तिष्कमा समेत प्रभाव पर्ने चिकित्सकहरू बताउँछन् । पैसा र समयको समस्यामा परेको व्यक्तिले सपना पनि मोबाइलमा फोन गरेर थर्काएको देख्छ । विशेषज्ञहरू ठूलो दबाब र टेन्सनमा रहेको व्यक्तिमा मोबाइलकै कारण अनिद्रा, थकान एवं चिडचिडेपनको समस्या आउने बताउँछन् । जसका कारण उक्त व्यक्तिको बायोलोजिकल क्लक पनि बिग्रन्छ । स्वास्थ्यमा मोबाइलको नकारात्मक प्रभाव मानसिक रूपमा स्पष्ट देखिन्छ । धेरै मोबाइल चलाउने व्यक्तिलाई सम्झन कठिन हुने, बोल्दाबोल्दै बिर्सने, कुनै एउटा कुरा तथा काममा मात्र ध्यान केन्द्रित नहुने, अरूले भनेका कुराहरू सही रूपमा सम्झन नसक्ने, गणितीय क्षमता कमजोर हुनुका साथै प्राथमिकता निर्धारण गर्न नसक्ने जस्ता समस्या देखिन्छन् । मनोचिकित्सकहरू मोबाइलको अत्यधिक प्रयोगले मानिसको ध्यान एउटै कुरामा केन्द्रित गर्ने शक्ति (कन्सन्ट्रेसन पावर) कमजोर हुने बताउँछन् । कानमा इयरफोन लगाएर मोबाइलमा कुराकानी गर्नेहरूको कानमा समस्या देखिन्छ । इएनटी विशेषज्ञहरू कान शरीरको संवेदनशील अङ्ग भएकाले मोबाइलको भाइब्रेटरले कानको पर्दालाई प्रभाव पार्ने बताउँछन् । उनीहरूका अनुसार लगातार इयरफोनको माध्यमबाट कुराकानी गर्दा कानको हाई फ्रिक्वेन्सी प्रभावित हुन्छ जसले गर्दा एस, टी, एफ तथा जेडजस्ता अक्षर तुरुन्तातुरुन्तै नसुनिने हुन्छ भने कान भारी हुने, बन्द हुने र कान झनझनाउने हुन्छ । ईसीजी गर्दा जसरी इलेक्ट्रिक म्याग्नेटिक सिग्नलले ह्दयको गति नियन्त्रण गर्छ त्यसरी नै मोबाइलको रेडिएसनले पनि मुटुको धमनीमा प्रभाव पार्छ । मोबाइललाई सर्टको गोजीमा राख्नेहरूको ह्दयको सानो आर्टरी प्रभावित भएर मृत्यु हुने अवस्थासम्म सिर्जना हुन सक्छ ।

 Image