Successfully Copied

जोर्नी प्रत्यारोपण सेवा

नितम्ब र घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने उपचार नेपालमै सम्भव छ । वरिष्ठ हाडजोर्नी नसा रोग विशेषज्ञ डा. दीर्घराज आर.सीका अनुसार सिभिल अस्पतालमा तीन वर्षअघिदेखि अर्थोप्लास्टी सेवा संचालित छ ।

नितम्ब र घुँडाको जोर्नी बिग्रिएर हिँड्न नसक्ने अवस्थाबाट छुटकारा पाउन गरिने उपचार नेपालमै  सम्भव छ । वरिष्ठ हाडजोर्नी नसा रोग विशेषज्ञ डा. दीर्घराज आर.सीका अनुसार सिभिल अस्पतालमा तीन वर्षअघिदेखि अर्थोप्लास्टी सेवा संचालित छ । नेपालमा सात वर्षअघि प्रारम्भ भएको यो सेवा काठमाडौंलगायत धरान तथा चितवनका अस्पतालमा पनि बिस्तार भैसकको छ । सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १० देखि ३० वर्षसम्म काम गर्छ । त्यसपछि कठिन र जटिल प्रक्रिया रहेको संशोधन शल्यक्रिया आवश्यक हुन्छ । नेपालमा यो सेवाको पहिलो सुरुवात सिभिल अस्पतालले गर्न लागेको डा. दीर्घराजले बताए । फेरिएको जोर्नीले काम गर्न छोडेपछि त्यसलाई पुन: संशोधन शल्यक्रिया (रिभिजन अर्थोप्लास्टी) बाट काम लाग्ने बनाइन्छ । यसका लागि विभिन्न औजार तथा सुविधालगायतका प्रक्रिया आवश्यक हुन्छ । राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न कारणले जोर्नी बिग्रने तथा औषधिले समेत निको नहुने अवस्थामा जोर्नी प्रतिस्थापन गराउने स्थिति आउने डा. आर.सीले बताए । शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुनस्र्थापना गर्ने प्रक्रियालाई अर्थोप्लास्टी भनिन्छ । डा. आर.सीका अनुसार अर्थोप्लास्टीका लागि उमेरको हदबन्दी हुँदैन । सिभिल अस्पतालमा जोर्नी प्रत्यारोपण गर्ने २१ देखि ८३ वर्ष उमेरसम्मका छन् । अस्पतालका डा. सुमनबाबु मरहठ्ठाका अनुसार जोर्नी प्रत्यारोपण गराउनेहरूमध्ये ७० प्रतिशत उपत्यकाबाहिरका छन् । तीमध्ये पनि धेरैजसो महिला भएको उनले जानकारी दिए । 

 Image