Successfully Copied

बगैंचा निर्माणको आवश्यकता किन ?

जब मानिसहरूले आफ्नो जीवनकालमा ठूलो परिश्रम गरी कमाएको लाखौं रुपैयाँले एउटा सुन्दर घर निर्माण गर्छन्, त्यो घरलाई त्यतिबेला मात्र पूर्ण मान्न सकिन्छ जब उक्त घरसँगै सुन्दर बर्गैचा निर्माण हुन्छ ।

जब मानिसहरूले आफ्नो जीवनकालमा ठूलो परिश्रम गरी कमाएको लाखौं रुपैयाँले एउटा सुन्दर घर निर्माण गर्छन्, त्यो घरलाई त्यतिबेला मात्र पूर्ण मान्न सकिन्छ जब उक्त घरसँगै सुन्दर बर्गैचा निर्माण हुन्छ । 

घरको इन्टेरियर सधैं शान्त, सफा एवं स्वच्छ राख्न महिलाहरूको जति ठूलो भूमिका देखिन्छ त्यति नै बाहिरी तवरले उक्त घर स्वच्छ, सफा, शान्त देखिन बगैंचाले ठूलो भूमिका खेलिरहेको हुन्छ । हुन त घरमा मात्र होइन होटल, व्यवसाय, रेस्टुराँ, पार्क एवं रिसोर्टहरूमा पनि बगैंचा निर्माणले ठूलै भूमिका खेलिरहेको हुन्छ । 

आफ्नो घर–जग्गाको बनावटअनुसार बगैंचा निर्माण हुनु आवश्यक छ । बगैंचामा भएका बोट–बिरुवाअनुसार मानिसलाई प्रत्यक्ष रूपमा विभिन्न लाभ हुन्छ : 

१. वैज्ञानिक आधार २. धार्मिक आधार ३. शारीरिक आधार ४. वास्तुशास्त्रीय आधार । 

बगैंचामा लगाइएका हरेक बोट–बिरुवाले छोड्ने अक्सिजन, कार्बनअक्साइड आदि तत्वले वायुमण्डललाई सन्तुलित राख्छ । वर, पीपल, तुलसी, रुद्राक्ष, कुश आदि बोट–बिरुवालाई हिन्दू धर्मावलम्बीहरूले देवी–देवताको प्रतीक मानी पूजा गर्ने चलन छ । वास्तुशास्त्रीय हिसाबबाट पनि यी बोट–बिरुवा घर वरिपरि रहँदा मानिसलाई प्रत्यक्ष लाभ हुन्छ । बगैंचामा रहेका रंगीचंगी फूल तथा हरिया बोट–बिरुवाहरूबाट मानिसले जस्तोसुकै तनावमा पनि आनन्द महसुस गर्नसक्छ । त्यसैले पनि घरमा बगंैचा निर्माण गर्नु आवश्यक छ । 

जग्गाको बनावटअनुसार आफ्नो घरलाई सुहाउने गरी विभिन्न तवरले बगैंचा निर्माण गर्न सकिन्छ । क) फलफूल, बगैंचा, तरकारी बगैंचा, सिजनल फूल बगैंचा, हरियो दूबो बगैंचा, विभिन्न आकार–प्रकारका ढुंगाले सजाइएको बगैंचा आदि । मानिसले स्वेच्छाले बगंैचा बनाएको खण्डमा स्वर्गीय आनन्द आफ्नै घर कम्पाउन्डभित्र प्राप्त गर्न सक्छन् । प्रशस्त घाम लाग्ने ठाउँ हेरेर सिजनल फूलहरूको ब्याड तयार गर्न सकिन्छ । हरेक किसिमका फललाई पनि त्यस्तै ठाउँको आवश्यकता पर्छ । घरबाट सबैको नजर पर्ने ठाउँमा रक गार्डेन, झरना, हरियो दूबोको चौर आदि निर्माण गर्नुपर्छ । आफ्नो बगैंचाभित्र सुमधुर वासना आउने खालका बोट–बिरुवा जस्तै बेली, चमेली, जाई, जुही, इन्द्र कमल आदि हुनुपर्छ । त्यस्तो वासनाले उक्त ठाउँमा आउने मानिसलाई शान्ति एवं शीतलता प्रदान गर्छ । घरसँगै निर्माण भएको हरियो दूबोको चौरमा बसेर चियाको चुस्कीका साथ भलाकुसारी गरी समय बिताउन सकिन्छ । 

बगैंचामा भएका बोट–बिरुवालाई आकर्षक बनाउन दक्ष मालीको आवश्यकता पर्छ जसले हरेक दिन मलजल, काँटछाँट एवं औषधोपचार गरिरहन्छन् । 

 Image