Successfully Copied

चिरायु अस्पतालले मनायो क्षयरोग दिवस

आज विश्व क्षयरोग दिवस– २०१६ को नारा ‘युनाइट टु इन्ड टिबी’ भन्ने छ । चिरायु अस्पतालले यो दिवसको अवसर पारेर क्षयरोगका विरुद्ध जनचेतनामूलक प्रभातफेरी गरेको छ । तीनकुनेबाट प्रारम्भ भएको प्रभातफेरी माइतीघरमा पुगेर टुंगिएको थियो ।

आज विश्व क्षयरोग दिवस– २०१६ को नारा ‘युनाइट टु इन्ड टिबी’ भन्ने छ । चिरायु अस्पतालले यो दिवसको अवसर पारेर क्षयरोगका विरुद्ध जनचेतनामूलक प्रभातफेरी गरेको छ । तीनकुनेबाट प्रारम्भ भएको प्रभातफेरी माइतीघरमा पुगेर टुंगिएको थियो । उक्त प्रभातफेरीमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता एवं उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ, अस्पतालका चिकित्सक तथा विभिन्न कलेजका विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा क्षयरोगलाई पूर्ण रूपमा उन्मूलन गर्नुपर्ने पूर्वअध्यक्ष रेग्मीले बताए । विभिन्न गाउँमा स्वास्थ्यसेवाको पहुँचमा नआएका क्षयरोगका बिरामीलाई पनि खोजी–खोजी उपचारको दायरामा ल्याउनुपर्ने रेग्मीको सुझाव थियो । उपचारको दायरालाई अझ बढाउन आवश्यक रहेको कुरा मञ्चका अध्यक्ष बानियाँले बताए । चिरायु अस्पतालका पल्मोनोलाजिस्ट डा. प्रकाश पौडेलका अनुसार समयमै उपचार गराए क्षयरोग निको हुन्छ ।

नेपालमा अहिले पनि कुल जनसंख्याको ४० हजार मानिसको मृत्यु जटिल क्षयरोगका कारण हुन्छ । त्यसैले यसको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि हुनुपर्ने डा. प्रकाशले बताए । लगातार ज्वरो आउनु, निरन्तर सुख्खा खोकी लाग्नु तथा खान रुचि नहुनु, एक महिनामा ५ देखि ६ किलोग्रामसम्म तौल घट्नु नै  क्षयरोगको लक्षण हो । यसैगरी सुतेको समयमा पसिनाले लुगा भिज्नु, थकान महसुस हुनु, खकारमा रगत देखा पर्नु पनि यसको लक्षण हो । जीवाणुका कारण हुने यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । ७० प्रतिशत मानिसमा यसको जीवाणु हुन्छ । रोगसँग लड्ने क्षमता कम भए यो रोग अझ छिटो सर्छ । अहिले क्षयरोग लाग्यो भनेर आत्तिनुपर्ने अवस्था भने छैन ।

यो रोग नियमित औषधी सेवन गरे निर्मूल हुन्छ । फोक्सोको क्षयरोगका लागि पाँच महिना औषधी सेवन गरे पुग्छ भने मेरुदण्डको क्षयरोगका लागि भने १५ महिना औषधी सेवन गर्नुपर्छ । यो रोगलाई समयमै पहिचान गरेर नियमित औषधी खाए पूर्णत: निर्मूल हुन्छ र बिरामीले पहिलेकै जस्तो स्वस्थ जीवन जिउन सक्छन् । 

 Image