Successfully Copied

श्रेया गुरुङ (सौन्दर्यविद् तथा सञ्चालक, ओ टु फेसियल वक्र्स, भाटभटेनी)

–छालालाई मुलायम राख्न साँझ–बिहान वर्कआउटमा ध्यान दिनुपर्छ । बेलुका सुत्नुअघि क्लिन्जिङ, टोनिङ र मोस्चराइजर लगाउनुपर्छ ।

गर्मीमा छालाको सुरक्षा 

–छालालाई मुलायम राख्न साँझ–बिहान वर्कआउटमा ध्यान दिनुपर्छ । बेलुका सुत्नुअघि क्लिन्जिङ, टोनिङ र मोस्चराइजर लगाउनुपर्छ ।

–बिहान बाहिर निस्किनुअघि टोनर, मोस्चराइजर तथा सनब्लक लगाउनुपर्छ ।

–छालालाई हाइड्ेरड राख्न एन्टिअक्सिडेन्ट हाइड्रा मिस्ट प्रयोग गर्न सकिन्छ ।

–गर्मीमा पसिना बढी बग्ने हुनाले शरीरलाई मिनरलयुक्त राख्नु आवश्यक छ । त्यसका लागि पानी, जुस, रसिला फलफूल, हरियो तरकारी एवं दाल प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।

–छाला रफ देखिन थाल्यो भने २–२ घन्टाको फरकमा सनस्क्रिन क्रिम लगाइरहनुपर्छ ।

–सनबर्न भएको छ भने उपचारमा लाग्नुपर्छ । सनबर्न हुन नदिन पूरा बाहुला भएका पहिरन, छाता, ग्लोब्स एवं सनब्लक अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ । 

 Image