Successfully Copied

के श्रीमतीको सफलतामा डराउंछन् पुरुष ?

आजको जमानामा शायद कुनै यस्तो क्षेत्र अछुतो रहेको छ जहां महिलाहरूले सफलता हांसिल गरेका नहुन् ।

आजको जमानामा शायद कुनै यस्तो क्षेत्र अछुतो रहेको छ जहां महिलाहरूले सफलता हांसिल गरेका नहुन् । यही सफलताको स्वादले उनीहरूमा आत्मबिश्वास बढाइरहेको छ । श्रीमतीको यही सफलता र आत्मबिश्वासमा कतिपय पुरुषको मनमा असुरक्षाले डेरा जमाइरहेको हुन्छ । हालैको एक सर्वेक्षणले श्रीमतीको सफलतामा पुरुषहरू असुरक्षित महसुस गर्ने गरेको देखाएको छ । यस्तो असुरक्षित भावना खुलेर बाहिर नआए पनि भित्रभित्रै यसको आगो दन्किरहेको हुन्छ । जुन आगोको झिल्का सम्बन्धमा परेपछि उनीहरूको सारा सम्बन्ध नै सखाप पार्न बेर लाग्दैन् । भविष्यमा आइपर्ने यस्ता समस्यालाइ कसरी समाधान गर्ने अनि यस्तो परिस्थितीलाइ कसरी सम्हाल्ने भन्ने बिषयमा केही तरिका अपनाउनु जरुरी हुन्छ । 

आखिर किन हुन्छ आउंछ यस्तो भावना ?

जब आर्थिक तथा सामाजिक रुपमा पत्नीको काम गर्न पतिका लागी फाइदा नै भएपनि उनीहरू किन गर्छन् त असुरक्षित महसुस...

आर्थिक आत्मनिर्भरता

बिगतको तुलनामा आजकल महिलाको अवश्थामा निक्कै सुधार आइसकेको छ । जागिर तथा ब्यावसायका कारण उनीहरू आत्मानिर्भर बन्दै गइरहेका छन् । आजका नारी मात्र पैसा कमाउंदैनन त्यसबाहेक सारा परिवारको खर्च धान्ने हैसियत राख्छन् । कतिपय महिला त आफ्नो श्रीमानको तुलनामा बढी आम्दानी गर्छन् । भन्दा यो त्यति भयंकर कुरा होइन र पनि सदियौं देखी पुरुषमा निर्भर रहने महिलालाइ यस्तो स्थितीमा कयौं पुरुषले सहजै स्विकार गर्दैनन् । यही कारणले पुरुषको आत्मासम्मानमा ठेस पुऱ्याउंछ ।

मेल इगो

मेल इगो पुरुषको अहंकार हो । हाम्रो समाजमा बाल्यकाल देखी नै छोरीको तुलनामा छोरालाइ बढी सुबिधा र महत्व दिने चलन छ जसले पुरुषमा त्यसैबेला देखी एक प्रकारको इगोको भावना पैदा गरिदिन्छ । छोराको हेरचाह बिशेष तरिकाले गरिने हुंदा उनीहरूको यस प्रकारको इगोको स्तर बढ्दै जान्छ । उनीहरूलाइ बचपनदेखी नै यस्तो सिकाइन्छ भातभान्छाको काम महिलाले मात्रै गर्ने काम हो भने पुरुषहरू कमाउनका लागी घर बाहिर जानुपर्छ । घरभित्रको कुनैपनि काम गर्नु उनीहरूको आत्मसम्मानमा ठेस पुऱ्याउनु हो । यस्तो बातावरणमा हुर्किएका पुरुषहरू आफुलाइ महिला भन्दा सुपेरियर ठान्ने गर्छन् । आफु हुंदा हुदै श्रीमतीले बाहिर गएर काम गर्नुलाइ उनीहरू आफु अपहेलित भएको ठान्छन् ।

 Image