Successfully Copied

भाटभटेनी सुपर स्टोर

भाटभटेनी सुपर स्टोर नेपालको अहिलेको सबैभन्दा चर्चित सुपर स्टोर हो । हरेक तह तथा तप्काका लागि उपयुक्त यो सपिङ सेन्टरमा जुनसुकै बेला भीड लाग्छ । आफ्नो लोकप्रियतासँगै यसले आफ्ना शाखाहरूलाई विभिन्न स्थानमा बिस्तार गरेको छ ।

शाखा बिस्तार भए पनि यसले आफूले दिनुपर्ने सबै सुविधा उपलब्ध गराइरहेको छ । ठाउँअनुसार यसको संरचना फरक–फरक छ । हरेक शाखामा पार्किङका लागि पर्याप्त ठाउँ छ । हरेक शाखा एलिभेटर, लिफ्ट तथा सीसीटीभीयुक्त छन् । सुरक्षाका हिसाबले पनि यो सुपर स्टोर सबल छ । ग्राहकहरूको चापलाई ध्यान दिएर यहाँ क्यास काउन्टर पनि धेरै छन् । ग्राहकहरूको सुविधाका लागि कस्टमर सर्भिस सेन्टर पनि छ । हरेक शाखाको बाहिरी भागमा विभिन्न स्ट्रिट फुडको मज्जा लिन सकिन्छ । यहाँ किनमेल गर्दाको फरक आनन्द उठाउन सकिन्छ । यसका सबै शाखामा दसंैका बेला ग्राहकहरूको थेगिनसक्नु भीड हुन्छ । यहाँ राखिएका सामानहरू नेपाली ग्राहकहरूको बजेट अनुकूल छन् । भाटभटेनी सुपर स्टोरमा लत्ताकपडा, ग्रोसरी, इलेक्ट्रोनिक्स, तन्ना, स्टेशनरी, जुत्ता, गहना, मोबाइलजस्ता दैनिक जीवनमा आवश्यक पर्ने हरेक सामान एउटै छानामुनि खरिद गर्न सकिन्छ । यहाँका शाखामा बेकरी रेस्टुरेन्ट पनि छन् । 

 Image