Successfully Copied

डेन्ड्रफ हेयर स्पा

केशलाई सुख्खा, फुस्रो र बेरौनक बनाउने काममा चायाँको ठूलो भूमिका हुन्छ ।......

केशलाई सुख्खा, फुस्रो र बेरौनक बनाउने काममा चायाँको ठूलो भूमिका हुन्छ । डेन्ड्रफले केशलाई सुख्खा बनाउने हुँदा केशमा हाँगा निस्कने थप अर्को समस्या उत्पन्न हुन्छ । डेन्ड्रफ 

(चायाँ) शरीरमा झर्‍यो भने इन्फेक्सन हुने सम्भावना पनि उत्तिकै हुन्छ । डेन्ड्रफको समस्याबाट छुटकारा पाउन अहिले डेन्ड्रफ हेयर स्पालाई विशेष लाभदायक मान्न थालिएको छ । यसमा कुनै किसिमको केमिकल प्रयोग नगरी इलेक्ट्रोनिकल ड्रयरद्वारा केशमा जमेको डेन्ड्रफलाई कोरेर निकालिन्छ । केशको जरामा जमेको डेन्ड्रफलाई कुनै पनि स्याम्पु वा तेलले निकाल्न सक्दैन । यसका लागि एक प्रकारको इलेक्ट्रिक मेसिन (वेवटोन) प्रयोग गरिन्छ । हेयर स्पा गराउँदा कुनै साइड इफेक्ट हुँदैन र यो १६ वर्षदेखि माथिकाले सजिलै गराउन सक्छन् । केशमा थोरै डेन्ड्रफ छ भने महिनाको तीनदेखि चार सिटिङसम्ममा पूर्ण उपचार गराउन सकिन्छ । डेन्ड्रफको मात्रा धेरै छ भने तीन महिनाको समय लिइन्छ । यो उपचार गराउँदा उच्च क्वालिटीको हेयर आयल क्याप्सुल, हेयर क्रिम एवं हेयर प्याक प्रयोग गरिन्छ । उपचार गराउँदा केशको जरामा शुद्ध अक्सिजन ओजोन दिनुका साथै एमक्युज प्रयोगमा ल्याइन्छ । पूरै केशमा प्रशस्त तेल हाली मसाज गरेपछि माइल्ड स्याम्पुका साथमा डिप कन्डिसनिङ गरिन्छ । 

यी सबै प्रक्रियाको अन्त्यमा ड्यामेज केशलाई राम्रो बनाउन हर्बल हेयर प्याक लगाइन्छ जसले गर्दा डेन्ड्रफ नष्ट हुनुका साथै केशको समस्या समाधान हुन्छ । डेन्ड्रफ हेयर स्पा गरिसकेपछि केशमा फेरि सुख्खापन, फुस्रोपन, डेन्ड्रफ, हाँगा निस्कने समस्या नहोस् र केशको साइनिङ एवं सिल्कीपन कायम रहोस् भनेर निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :

केशमा कुनै पनि हेयर प्रोडक्स प्रयोग गर्दा त्यसले केशलाई फाइदा वा बेफाइदा के गर्छ विचार पुर्‍याउनुपर्छ । राम्रो कम्पनीको तेल वा स्याम्पु प्रयोग गर्नुपर्छ । समस्या उत्पन्न हुनेबित्तिकै समाधानको उपाय पनि खोज्नुपर्छ ।

 हप्तामा एक–दुईपटक तेल मसाज तथा डिप कन्डिसनिङ गर्दा केशको साइनिङ कायम रहन्छ ।

जुनसुकै कम्पनीको स्याम्पु भए पनि थोरै पानी हालेर मात्र प्रयोग गर्ने । पानी मिसाउँदा स्याम्पु पातलो भए पनि त्यसले केशको सम्पूर्ण फोहोर हटाउँछ ।

चायाँबाट जोगिन : खानपानमा ध्यान दिने, प्रशस्त पानी पिउने एवं सन्तुष्ट जीवन जिउने । 

 Image