Successfully Copied

सदाबहार ट्युनिक फेसन

फेसनेबल बन्नका लागि ट्युनिक स्टाइललाई परीक्षण गर्नुपर्छ ।

फेसनेबल बन्नका लागि ट्युनिक स्टाइललाई परीक्षण गर्नुपर्छ । सन् सत्तरी दशकताकाको यो स्टाइल त्यतिखेर निकै लोकप्रिय थियो भने यतिखेर पनि यसको जादु छाएको देख्न सकिन्छ । लामो डिजाइन ट्युनिक प्याटर्नको कुर्ताको विशेषता हुन्छ । भी नेकलाइन बढी प्रयोग हुन्छ । केही नेक डिजाइन्समा डोरीको पनि प्रयोग भएको पाइन्छ । गलामा प्राय: बोर्डरबाट विशेष बनाइन्छ । यतिखेर देख्न पाइने डिजाइन्सका कुरा गर्दा यिनमा दबका र प्याच वर्क धेरै पाइन्छन् । यसको डिजाइन, प्याटर्न र चुन्नीका साथमा क्यारी गर्ने स्टाइल अरु प्याटर्नको सुट्सका तुलनामा धेरै फरक हुन्छ ।

ट्रेन्डमाथि नजर

ट्युनिकमा हेभी वर्क धेरै प्रचलनमा छ । धेरैजसो यो दुई कलरको मिक्स एन्ड म्याच तथा प्रिन्टमा पाइन्छ । प्रिन्टेड ट्युनिक कुर्ताका साथ प्लेन चुडीदार, प्लेन दुपट्टा र प्रिन्टेड स्टोल पनि राम्रो हुन्छ । यो स्टाइलमा क्वार्टर स्लिब्स सुन्दर देखिन्छ । त्यसो त यसलाई स्लिबलेसदेखि स्ट्रेपलेस कुर्तासित पनि लगाउन सकिन्छ । यसमा सिफन, जर्जेट आदि फेब्रिक बढी रुचाइएको पाइन्छ । यसलाई जाडोमा वुलन, लेगिङ, स्ल्याक्स र ओवरकोटका साथमा लगाउनु राम्रो हुन्छ ।

रंगको तालमेल

मौसमअनुसार यो स्टाइलका लागि गाढा रंग छनोट गर्नु उचित हुन्छ । हल्का रंगमा यो स्टाइल त्यति खुलेर देखिँदैन । यसमा ग्रिन, मरुन, ब्ल्याक, नियोन आदि गाढा रंग धेरैलाई मन परेको पाइन्छ । विशेष अवसरका लागि भने गोल्ड कलर राम्रो हुन्छ । दैनिक प्रयोगमा ट्युनिकमा मिन्ट ग्रिन, ओरेन्ज र फरेस्ट ग्रिन, रेड, एलो, ब्लु, ग्रिन, ब्याक, ग्रे, ब्राउन आदि रंग राम्रो हुन्छ । यसमा फंकी स्टाइल पनि छनोट गर्न सकिन्छ । रंग छनोट गर्दा आफ्नो उमेर तथा आवश्यकतालाई ध्यानमा राख्नुपर्छ । यस्तोमा ब्ल्याक, ह्वाइट वा ग्रे कलरका ट्युनिक प्रयोग गर्न सकिन्छ ।

फेसन सल्लाह

शरीरको आकारअनुसार ट्युनिक पहिरिनुपर्छ । पातलो शरीर छ भने मोटो फेब्रिकमा सहजता महसुस हुन्छ, तर स्वस्थ शरीरका लागि यसको स्टफलाई लिएर लापरबाही गर्नुहुँदैन, नत्र अरुका सामु हाँसोको पात्र बन्न सकिन्छ । यसलाई आउटिङ वा अफिस जहाँसुकै लगाउन सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो स्टाइललाई महिना–दुई महिनामा एकपटक क्यारी गर्नुपर्छ, अन्यथा तपाईं यो स्टाइलबाट बोर हुन सक्नुहुन्छ र हेर्नेको नजरमा पनि तपाईंको पहिरन शैलीमा नयाँपन देखिनेछैन । यो एउटा कलरफुल ड्रेस भएकाले यसमा एसेसरिज फिट हुने वा ग्ल्यामरस देखिने हुँदैन । फुटवेयर्समा भने ती कलर्ससित एक्सपेरिमेन्ट गर्न सकिन्छ जुन कुर्ताको गलामा प्रयोग गरिएको छ । त्यसो त यसका साथमा टाइट चप्पल वा लोफर्स लगाउनु राम्रो हुन्छ । यसलाई चुडीदार सलवार वा जिन्स कुनैसित पनि क्यारी गर्न सकिन्छ । वर्क, डिजाइन र ब्रान्डको हिसाबबाट यो थुपै्र रेन्जमा उपलब्ध छ। ट्युनिक जाडोमा प्रयोग गर्ने हो भने त्यो मोटो फेब्रिकको हुनुपर्छ जसमा ट्रेन्डी ओवरकोट पनि लगाउन सकिन्छ । 

–रोजिन शाक्य

 Image