Successfully Copied

आयतन स्पा

आयतन स्पा बाँसबारीस्थित साम्बाला होटलमा छ । दुई तल्लामा विभाजित यो स्पा शान्त, स्वच्छ तथा आकर्षक संरचनायुक्त छ । सज्जा मात्र होइन यहाँ प्रदान गरिने सेवा पनि उत्कृष्ट छ । स्पाका लागि मापदण्ड पूरा गरी यसको संरचना तयार गरिएको छ । यो स्पामा

आयतन स्पा बाँसबारीस्थित साम्बाला होटलमा छ । दुई तल्लामा विभाजित यो स्पा शान्त, स्वच्छ तथा आकर्षक संरचनायुक्त छ । सज्जा मात्र होइन यहाँ प्रदान गरिने सेवा पनि उत्कृष्ट छ । स्पाका लागि मापदण्ड पूरा गरी यसको संरचना तयार गरिएको छ । यो स्पामा आफूलाई पुन: डिस्कभर गर्न सकिन्छ । यहाँको शान्त वातावरणमा तालिम प्राप्त थेरापिस्टले दिएको थेरापीले मानिसलाई शारीरिक एवं मानसिक रूपमा फ्रेस बनाउँछ । यहाँ तालिम प्राप्त थेरापिस्टहरूबाट क्लासिक, स्वीडिस, थाई तथा इन्डियन मसाज गरिन्छ । यो स्पा हप्ताको सातै दिन बिहान १० बजेदेखि राति ८ बजेसम्म खुल्छ । यहाँ प्याकेजलाई विभिन्न नाम दिइएको छ जसको सेवा पनि फरक–फरक छ । 

विशेषता  

सिंगल तथा कपल्सका लागि सुइट मसाज रुम उपलब्ध छ । 

ज्याकुजी, सौना र स्टिम मेल तथा फिमेलका लागि अलग–अलग छ । 

विभिन्न हर्बल जडीबुटीबाट फेसियल, बडी तथा फुटको उपचार गरिन्छ । 

यहाँ सेवाका लागि चाहिने अत्यावश्यक सामग्री उपलब्ध गराइन्छ । 

ग्राहकहरूको रुचिलाई ध्यानमा राखी प्याकेजको व्यवस्था गरिएको छ । 

सेवा

स्वीडिस फेसियल 

हेड एण्ड सोल्डर मसाज 

शिरोधारा 

हेयर स्पा 

बडी स्क्रब तथा पोलिस 

बडी र्‍याप 

स्वीडिस बडी मसाज 

हट स्टोन थेरापी 

मेनिक्योर 

पेडिक्योर 

 Image