Successfully Copied

संगीताको ‘कथामा अल्झिएको प्रेम’

नेपाली साहित्यमा संगीताको श्रेष्ठद्वारा लिखित ‘कथामा अल्झिएका प्रेम’ नामक पुस्तक शनिबार सार्वजनिक भएको छ ।

नेपाली साहित्यमा संगीता श्रेष्ठद्वारा लिखित ‘कथामा अल्झिएका प्रेम’ नामक पुस्तक थपिएको छ । 

कालिकास्थानस्थित पब्लिकेशन्स नेपालयको मञ्चबाट लेखिका श्रेष्ठ र पूर्व मिस नेपाल माल्भिका सुब्बाले पुस्तकको विमोचन गरे ।

उनीहरु दुवै टेलिभिजनका सहकर्मी पनि हुन् । श्रेष्ठ १५ महिने छोरीकी आमा हुन् भने सुब्बा केहि दिनमै आमा बन्दै छिन् ।

पुस्तक सार्वजनिक गर्दै माल्भिकाले श्रेष्ठलाई पुस्तक लेखिका बन्दाको अनुभव सोधिन् । श्रेष्ठले भनिन्-‘जन्मिनासाथ छोरीलाई बोक्दा जस्तो अनुभव भएको थियो, आज पुस्तक हातमा हुँदा उस्तै अनुभव भयो ।’

कार्यक्रममा नेपालका शहरी महिला, उनीहरुको मन र कामकाजी जीवनका भोगाइहरुबारे संवाद पनि भयो । पुस्तकका कथाहरुजस्तै प्रेम र त्यसपछि विकास हुने सम्बन्धको बारेमा सहभागीले खुलेरै चर्चा गरे । पुरुष र पतिका विषयमा पनि चर्चा भए ।

पाँच दर्जनभन्दा बढी म्यूजिक भिडियो निर्माण गरेकी श्रेष्ठले बीचमा केहि समय श्रृंखलावद्ध टेलिफिल्म ‘कथा प्रेमका’ निर्माण गरेकी थिइन् ।

 Image