Successfully Copied

इन्टेरियर जिज्ञासा

राम्रो र कम खर्चमा एउटा ठूलो ऐना नेचुरल लाइट आउने भन्दा अपोजिट भित्तामा झुन्डाउन सकिन्छ । बेडरुम तथा बैठक कोठाको झ्यालबाट आउने लाइटलाई तान्न सक्ने वा ठ्याक्कै लाइट पर्ने गरी उक्त ऐना भित्तामा झुन्डाउन पर्छ ।

भान्सामा सानो एउटा मात्र झ्याल छ र थोरै मात्र उज्यालो आउँछ । सुत्ने कोठा र बैठक कोठाको झ्यालबाट हलुका उज्यालो आउँछ । यसले गर्दा दिउँसै बत्ती बाल्नुपर्छ । लोडसेडिङमा त त्यो पनि सम्भव छैन । ठिक्क लागतमा यो समस्याको समाधान के होला ? 

राम्रो र कम खर्चमा एउटा ठूलो ऐना नेचुरल लाइट आउने भन्दा अपोजिट भित्तामा झुन्डाउन सकिन्छ । बेडरुम तथा बैठक कोठाको झ्यालबाट आउने लाइटलाई तान्न सक्ने वा ठ्याक्कै लाइट पर्ने गरी उक्त ऐना भित्तामा झुन्डाउन पर्छ । यसो गर्दा भान्सामा आउने प्रकाश एक–अर्कामा ठोक्किई सबैतिर उज्यालो फैलन्छ । त्यस्तै सेतो रंगको सेमी ग्लास वा हाई ग्लास पोइन्ट गर्दा पनि भान्सामा पर्याप्त प्रकाश परावर्तन भै उज्यालो छरिन्छ । ढोका र ड्रयरका ह्यान्डलहरूमा मेटालिक कलर प्रयोग गरे नेचुरल र आर्टिफिसियल लाइट दुवै स्रोत एक–आपसमा ठोकिन्छन् र बढी प्रकाश फैलन्छ । 

पढ्ने कोठा सानो छ तर पुस्तक  धेरै भएको अवस्थामा के गर्न सकिन्छ ? 

स्टडी रुम सानो भए उक्त रुमको भित्तामा खण्ड–खण्ड गरेर फूल र्‍याक बनाउन सकिन्छ । त्यसको ढोका पूरा हाइटको स्लाइडिङ हुने गरी ढोकामै खण्ड–खण्डमा विभाजन गर्ने जसले ढोकाको पनि काम गर्छ । यसमा ओपन र्‍याकको कन्सेप्ट पनि लागू गर्न सकिन्छ । 

घरको बैठक र डाइनिङ एउटै ठूलो कोठामा छ । यसलाई डिभाइड गरी छुट्याएर डिजाइन गर्न मन लागे उज्यालो पनि नछेकिने गरी कसरी काम गर्न सकिन्छ ? 

उज्यालो नछेक्न पार्टिसन प्रयोग गर्नुपर्छ । सिसाको केही डिजाइन मिलाएर र्‍याकमाथि हल्का पार्टिसन गर्न सकिन्छ । ओपन तथा क्लोज ग्रोसरी र्‍याक हलुका प्रकारको बनाउन सकिन्छ । यसले उज्यालो पनि धेरै छेक्दैन । दुवैको ठाउँ छुट्याएर बीचमा ग्याप हुने गरी सानो काठको पिलर राख्न सकिन्छ भने स्क्रिनिङ डिजाइन पनि गर्न सकिन्छ जसले उज्यालो र बाहिरी दृश्य छेक्दैन ।  

घरको बैठक पुरानो देखिए थोरै बजेटमा कसरी त्यसको पुनर्निर्माण गर्न सकिन्छ ? 

बैठक कोठा रिनोभेट गर्न अनेकन उपाय अपनाउन सकिन्छ ।

सोफा : सोफालाई परिवर्तन गरी नयाँ डिजाइनको राख्न सकिन्छ । कम बजेटमा यो काम गर्न सोफाको फेब्रिक मात्र परिवर्तन गर्न सकिन्छ । कुसन राख्दा सोफाको शोभा बढ्छ । 

पर्दा : झ्यालमा नयाँ किसिमको पर्दा राख्न सकिन्छ भने नयाँ ड्रापेरिज पनि थप्न सकिन्छ । 

पेन्ट : बैठक कोठाको पेन्ट पनि परिवर्तन गर्न सकिन्छ । 

तस्बिर : बैठकको एउटा भित्तामा आइ लेवल हुने गरी विभिन्न फोटो फ्रेम राखी वाल हाइलाइट गर्न सकिन्छ । 

सिलिङमा लाइट : सिलिङ होचो वा अग्लो जस्तो छ त्यसलाई मध्यनजर गरी झुमर लामो वा छोटो लम्बाइको मिलाई कोठाको बीचमा झुन्डाउन सकिन्छ । 

वालपेपर : बैठक कोठा फोकस हुने गरी एउटा भित्तामा वालपेपरको प्रयोग गर्न सकिन्छ । 

इन्डोर प्लान्ट : ठाउँ मिलाएर इन्डोर प्लान्ट वा फ्लावर भास राखेर कोठाको शोभा बढाउन सकिन्छ । 

फ्लोरिङ : बजेट हेरेर फ्लोरिङ परिवर्तन गर्न सकिन्छ भने कार्पेट वा पार्केटको बीचमा गलैंचा राख्न सकिन्छ । 

 Image