Successfully Copied

पनिरका विभिन्न फाइदा

पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो, जसले गर्दा हाम्रो भोजमा यसको महत्वपूर्ण स्थान रहेको छ।

पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो, जसले गर्दा हाम्रो भोजमा यसको महत्वपूर्ण स्थान रहेको छ । पार्टी सानो होस् वा ठूलो पनिरको हरेक पार्टीको शोभा बढाइदिन्छ । दूधबाट बन्ने भएकाले पनिरमा भिटामिन, क्याल्सियम, फस्फोरस, प्रोटिन, जिंकजस्ता पौष्टिक पदार्थ पाइन्छ । 

यदि पनिर क्रिमयुक्त दूधबाट बनेको छ भने यसमा चिल्लोको मात्रा धेरै हुन्छ तर यदि स्किम्ड दुधबाट बनेको पनिरमा चिल्लोको मात्रा अत्यन्त कम हुन्छ । चिल्लोको मात्रा कम भएको पनिरमा ३० ग्राम प्रोटिन, ८ ग्राम कार्बोहाइड्रेट र चिल्लो केवल १ ग्राम मात्र हुन्छ । यही कारणले गर्दा रोगी व्यक्तिले पनि स्किम्ड मिल्क बनेको पनिर सेवन गर्न सक्छन् । 

पनिर कसरी बनाउने ? 

त्यसो त पसलहरूमा तयारी पनिर पाइन्छ तर चाहेको खण्डमा घरमै आफैले पनि ताजा पनिर बनाउन सकिन्छ । राम्रो र नमर पनिर दूध फटाउने तरिकामा निर्भर गर्छ । राम्रो पनिर बनाउन सधै ताजा दूध प्रयोग गर्नुपर्छ । 

एक लिटर ताजा दूध उमाल्ने जब दूध उम्लन्छ आगोको आँच कम गर्नुपर्छ र दूधमा एउटा कागतीको रस निचोरिदिने र दूधलाई बिस्तारै–बिस्तारै चलाउने । जब दूध पूर्णरूपले फाट्छ, त्यसमाथि आगोबाट दूधलाई हटाउने र एउटा सफा मलमलको कपडामा छान्ने । फाटेको दूधबाट निस्किएको पानी कुनै भाँडोमा जम्मा हुन्छ र कपडामा बाँकी भएको ठोस पदार्थ रहन्छ । त्यस्सलाई छेना भनिन्छ । यो छेनामा एक गिलास चिसो पानी हाल्ने यसो गर्दा पनिर धेरै मुलायम हुन्छ । छेना राखेको कपडाबाट पानी तहकिएपछि यसलाई कुनै भारी वस्तुले चिथिदिने । १०–१५ मिनेटपछि तयार पनिरलाई सुविधानुसार टुक्रा पार्ने र प्रयोगमा ल्याउने । 

दूध फटाउन कागतीबाहेक अमिलो हदी, साइट्रिक एसिड, सिरका र पनिरको पानी पनि प्रयोग गर्न सकिन्छ । एक लिटर दूधका लागि १ ठूलो चम्चा सिरकालाई डेढ कप पानीमा मिसाएर प्रयोग गर्ने । यदि अमिलो दूधले दूध फटाउँदै हुनुहुन्छ भने १/२ कप अमिलो दही प्रयोग गर्न सकिन्छ । यदि साइट्रिक एसिडले दूध फटाउनुपरेमा सानो चम्चा १ लिटर दूधका लागि पर्याप्त हुन्छ । साइट्रिक एसिडलाई पनि १–२ कप पानीमा घोलेर दूधमा मिसाउनुपर्छ । 

यस्तो नगर्नुहोस् 

–उम्लिरहेको दूधमा कागतीको रसस हाल्नाले पनिर कडा हुन्छ । 

फ्रिजमा राखेको दूधलाई फ्रिजबाट निकाल्नासाथ आँचमा राखेर फटाउनाले पनि पनिर राम्रो हुँदैन । 

यसो गर्नुहोस् 

–पनिर मुलायम होस् भन्नका लागि सधै ताजा दूध प्रयोग गर्नुपर्छ । 

–पनिरलाई धेरै क्रिमी बनाउन चाहनुहुन्छ भने पनिरमा एक कप दही मिसाइदिनुपर्छ । 

–दूध मनतानो भएपछि मात्र दूध फटाउनुपर्छ र पनिर राम्रो बन्छ । 

–पनिरबाट निस्केको पानील दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ । 

उपयोगी पनिरको पानीले दूध फटाउँदा पनि पनिर राम्रो हुन्छ । 

उपयोगी पनिरको पानी 

–पनिरको पानीको प्रयोग पिठो मुस्न प्रयोग गर्दा रोटी, परौंठा नरम हुन्छन् । 

–कुनै पनि सुप बनाउँदा त्यसमा पनिरको पानी प्रयोग गर्नुहोस् । 

–दाल तथा तरकारी पकाउँदा पनि पनिरको पानीको प्रयोग गर्न सकिन्छ जसले दाल र तरकारीलाई सोचेभन्दा बढी स्वादिष्ट बनाउँछ । 

–पनिरको पानीमा २ चम्चा अमिलो दही मिसाएर राख्ने र भोलिपल्ट यसको प्रयोग कढी बनाउनका लागि गर्नुहोस् । 

–पनिरको पानीमा एक चिम्टी चिनी र पिसेको अलैंची मिसाउनाले पौष्टिक पेय बन्छ । 

–पनिरको पानीमा टुक्रा पारेर काटेको भेंडेखुर्सानी, गाजर र काउली बफाएर निकाल्ने, हिङ र जिराले झान्ने र कागती निचोरिदिने । पौष्टिक सुप तयार हुन्छ । 

–पनिरको पानीमा बेसन घोलेर पकौडा बनाउनाले पकौडा स्वादिष्ट हुन्छ । 

–पनिरको पानीलाई फ्रिजमा राख्ने, दूध फटाउनुपरेमा यो पानी प्रयोगमा आउँछ । 

–पनिरको पानीले फटाएको दूधको रसबरी पनि धेरै स्वादिलो र राम्रो हुन्छ । 

–पनिरको पानी प्रोटिन र क्याल्सियमले पूर्ण छ । त्यसैले यसलाई खेर फाल्नु हुँदैन । 

 Image