Successfully Copied

के तपाईंको चर्को नुन खाने बानी छ ?

भोजन नुनबिना खल्लो हुन्छ ।

भोजन नुनबिना खल्लो हुन्छ । खल्लोपनलाई मेटाउने प्रयास गर्दा कतिपयलाई चर्को नुन खाने बानी नै बस्छ । जब स्वास्थ्यमा गढबढी उत्पन्न हुन्छ तबमात्र चर्को नुनले हानी गर्छ भन्ने थाहा हुन्छ । 

बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक सिद्ध मानिन्छ । यसले पेटको क्यान्सर बढाउन भरपर्दो सहयोग पुर्‍याउँछ । बजारमा उपलब्ध तयारी खाद्यपदार्थ, बिर्को बन्द खाने कुरा हाम्रो शरीरका लागि ठूलो शत्रु हो । यहाँसम्म कि ब्रड, तारेको केराउको गेडा, बिर्को बन्द मासु र मासुको अचार आदिमा बढी नुन हुुन्छ । जसको सेवन गर्नाले हाम्रो शरीरमा नुनको मात्रा खतरनाक लेवलमा पुग्छ । प्रतिदिन १२ ग्राम नुनको सेवन मात्र पनि क्यान्सरलाई निम्त्याउन पर्याप्त मानिन्छ । ब्रिटेनको क्यान्सर रिसर्च सेन्टरले भर्खर मात्र के जानकारी दिएको छ भने पेटको क्यान्सरले मात्र पनि ब्रिटेन जस्तो विकसित देशमा प्रतिवर्ष करिब ६४ सय मानिसको ज्यान लिइरहेको पाइएको छ । 

बच्चा तथा किशोरहरूको निम्ति त यसको एक चौथाइ मात्र नुन पर्याप्त मानिएको छ । यसका साथै ब्रिटेनमा धेरैजसो मानिस ९ ग्रामभन्दा बढी नुन खाने गरेको पाइयो । यसको प्रमुख कारण के हो भने तयारी खाद्यपदार्थ र पेयपदार्थको सेवन बढी हुने गरेको पाइन्छ जुन नुनको भण्डार भन्दा पनि फरक नपर्ला । 

हाम्रो नेपाली बजारमा पनि तयारी खाद्यपदार्थमा नुनको मात्रा बढी हुन्छ । यस्तो कि म:म:, चाउमिन, चटामरी, पिज्जाजस्ता खानामा नुनको मात्रा चर्को रहने गरेको छ । जसले पूरै दिनको नुनको मात्रा एक पटक गरेको लञ्च वा डिनरबाट उठिहाल्छ । 

मुटु र मस्तिष्कको शत्रु हो नुन 

नुनले पेटको क्यान्सरका साथै हार्टएटेक र ब्रेन स्ट्रोकको सम्भावनालाई पनि बढाउँछ । डाक्टरका अनुसार बढी नुन भएको खाना खाँदा पेटको क्यान्सर नबढाउन मद्दत गर्दछ । त्यति मात्र होइन नुनको कम सेवनले पेटको क्यान्सर हुन नदिई दिमागलाई सन्तुलनमा राख्न मद्दत पुर्‍याउादछ । हुन त यो सबै रोगको जड नुन नै हो भन्ने तथ्य सही नभएपछि रासायनिक पदार्थ जुन तयारी खाद्य पदार्थमा मिसाउने गरिन्छ । सोको सेवनले क्यान्सरलाई बढाउन मद्दत पुर्‍याइरहेको छ । एउटा कुरा के छ भने उच्च रक्तचाप र मुुटुको बिरामीलाई चर्को नुनको सेवन नै दोषी मानिन्छ । त्यसैले चर्को नुन खाादा आमाशयमा पोल्ने र खोच्ने काम हुन जान्छ । जसको विकसित रूप भनेको पछि गएर पेटसम्बन्धी क्यान्सर हुनु हो । 

भर्खरै जापानमा यही समस्याका बारेमा अध्ययन सम्पन्न भएको छ । वृद्ध–वृद्धाहरूमा गरिएको एक अध्ययनअनुसार करिब ४० हजार मानिसमा ११ वर्षदेखि खानपिनसम्बन्धी अध्ययन गर्दा के पत्ता लागेको छ भने प्रतिदिन १२ देखि  १५ ग्रामसम्म खुन खाने व्यक्तिमा पेटको क्यान्सर र मुुटुको समस्या दोब्बर बढेर गएको पाइएको छ । यसरी के सिद्ध हुन्छ भने जुन व्यक्ति नुनिलो पदार्थको सेवन तीव्र रूपमा गर्छन् र फलफूल, हरियो सागपातको सेवन कम गर्छन् भने उसको पेटको क्यान्सर र शरीरका अन्य भागमा विभिन्न गढबडी देखा पर्न थाल्छ । आश्यर्च लाग्दो कुरा के छ भने पुरुषको संख्या चर्को नुन खाने वर्गमा अगाडि रहेका छन् ।

नुन कति खाने ? 

फुड स्टान्डर्ड एजेन्सी र युके हेल्थ डिपार्टमेन्टले तोकेको माप दण्ड अनुसार प्रतिदिन बढीमा ६ ग्राम नुन शरीरको निम्ति आवश्यक रहेको बताएको छ । १ देखि ६ वर्षसम्मका बच्चाका लागि प्रतिदिन मात्र २ ग्राम नुन पर्याप्त मानिन्छ । ७ देखि १४ वर्षका बढदो उमेर समूहका बालबालिकाहरूका लागि ५ ग्राम नुन पर्याप्त छ । एक चिम्ती नुन भनेको ०दशमलव २५ ग्राम हो । तसर्थ, एक चम्चामा करिब ५ ग्राम नुन अटाउाछ । 

ब्रिटेनमा सरकारले तयारी डिब्बाबन्द खाद्य पदार्थमा कम नुन हाल्न फुड इन्डट्रिमा आदेश जारी  गरिदिएको छ । तर, नेपालमा त्यस्तो प्रकारको कुनै नीति नभएकाले व्यापारिहरूले मनपर्दो ढंगले आफ्नो तयारी खाद्य पदार्थमा नुन हाल्ने गरेका छन् । जुन–जुन मानिसको स्वास्थ्यसम्बन्धी ठूलो खेलबाड भैरहेको छ । 

नेपाल बजारमा व्याप्त आलुचिप्स, भुजिया, पापड र त्यस्तै अचार आदि आदिमा नुनको मात्रा बढी रहने गरेको छ । हामीलाई नुन तिखो भएन भने खाना रुच्दैन । जुन कुरा हाम्रो शरीरलाई यसले भित्र–भित्र खोक्रो पारिरहेको छ । नुन चााहि कडा चाहिने नेपाली परिपाटीमा पानी खानुलाई कञ्जुस्याई गरिन्छ । त्यसैले पनि यहााका अधिकांश मानिसमा पेटसम्बन्धी गडबडी साझा रोग भएको छ । जो कोही पनि पेटको समस्याले ग्रसित छन् । 

 Image