Successfully Copied

सफल शेरचन जोडी

पुष्पा नकुलभन्दा ७ महिना मात्र कान्छी छिन् । एउटै जात तथा एउटै जिल्लाका यी जीवनसाथीमा संघर्षपछि नै सफलता हात पारिन्छ भन्ने विश्वास थियो । जसको फलस्वरूप उनीहरू वैवाहिक जीवनको १७ वर्ष कामप्रतिको मेहनत र संघर्षपछि आज आनन्दको जीवन यापन गरिरहेका छन् ।

बाग्लुङको बुर्तिवाङमा जन्मिएका नकुल शेरचन जन्मजात व्यापारिक परिवेशमा हुर्किएका व्यक्ति हुन् । उनी एसएलसीसम्म बाग्लुङमै पढेर आइकम पढ्न काठमाडौं आएका हुन् । आइकम सक्नासाथ १९ वर्षकै उमेरमा जापान हान्निएका नकुल कामले मान्छे ठूलो वा सानो नहुने धारणा राख्छन् । शेरचन जापानमा भाँडा माझ्ने, वेटर, कुक, बारिस्टादेखि म्यानेजर हुँदै आफै रेस्टुराँ खोलेर मालिक पनि बने जहाँ उनलाई जीवनसंगिनी पुष्पा शेरचनको सहयोग रह्यो । म्याग्दी जिल्लामा जन्मिएकी पुष्पा पोखरामा हुर्किएकी हुन् । ६ वर्ष हङकङमा पढेकी पुष्पा प्लस टु मसुरीबाट पूरा गरी जापान गएकी हुन् । पहिलेदेखि हल्का चिनजान भएको यो जोडीको विवाहको निर्णय पुष्पाले मसुरी पढाइ सकेपछि भएको हो । नकुल जापान पुगेको दुई वर्षपछि पुष्पा पनि जापान पुगिन् । विवाहको कुरा छिन्दा नकुल जापानमै थिए । पुष्पा पढ्नका लागि त्यहाँ पुगेपछि उनीहरूको उतै विवाह भयो । त्यहाँ नकुलका ठूला तथा माइला दाइ–भाउजू थिए भने पुष्पाका पनि थुप्रै आफन्त थिए तसर्थ उनीहरूले नेपालमा जस्तै विवाह गरेर भव्य पार्टी पनि दिएका थिए । 

पुष्पा नकुलभन्दा ७ महिना मात्र कान्छी छिन्  । एउटै जात तथा एउटै जिल्लाका यी जीवनसाथीमा संघर्षपछि नै सफलता हात पारिन्छ भन्ने विश्वास थियो । जसको फलस्वरूप उनीहरू वैवाहिक जीवनको १७ वर्ष कामप्रतिको मेहनत र संघर्षपछि आज आनन्दको जीवन यापन गरिरहेका छन् । पुष्पाले विवाहपछि घरमा बुहारी भएर जिम्मेवारी त निर्वाह गर्नु परेन तर जापानमा सुरुका दिन भने निकै कठिन थिए । नकुलको रेस्टुराँमा काम, पुष्पाको पनि पढाइ, रेस्टुराँको काम । उनीहरूले विवापछि सँगै बसेर एकले अर्काको काममा सघाएर, हौसला, माया एवं विश्वास दिएर जीवनलाई अघि बढाइरहे । २००४ मा उनीहरूका छोरा  जन्मिए । छोरा जन्मिएपछि अझ जिम्मेवारी बढेको यो जोडीले अब केही गर्नुपर्छ भनेर २००६ मा जापानमै रेस्टुराँ खोले । रेस्टुराँ राम्रोसँग चल्यो । फेरि २००८ मा उनीहरूकी छोरी जन्मिइन् । दुई सन्तान भएपछि उनीहरूलाई परिवारको अभाव महसुस हुन थाल्यो । उनीहरू स्वदेशमै केही काम गर्नुपर्छ भनेर नेपाल फर्किए । अहिले पुष्पा छोराछोरीलाई परिवारसँग छोड्दा आनन्द र फ्रि समय पाएको अनुभव गरिरहेकी छिन् । नेपाल आएपछि दबाबपूर्ण जीवनबाट उन्मुक्ति पाएको नकुल बताउँछन् । नेपालमा आएपछि रेस्टुराँ खोल्न पुष्पा नै अग्रसर भइन् । नकुल काठमाडौंमा दुई वर्ष मात्र बसेकाले यहाँका बारेमा उनलाई खासै जानकारी थिएन । त्यसैले बजार र मान्छेको खाने च्वाइस बुझ्न उनीहरूले केही समय लिए । 

नेपालका रेस्टुराँमा बालबालिकाहरू खेल्ने ठाउँ प्रशस्त नदेखेकै कारण त्यस्तो समस्या हटाउने विचारले आफूहरूले फेमेली रेस्टुराँ खोलेको शेरचन दम्पती बताउँछन् । उनीहरू कसरी राम्रो काम गर्ने भन्ने सोचमै मग्न हुन्छन् । दुवैको क्षेत्र एउटै भएकाले रुचि, खाना तथा डेकोरेसनमा एकरूपता छ । पुष्पालाई सजावटमा बढी रुचि छ । नकुल सबै काममा श्रीमतीको सल्लाह लिन्छन् । वर्षको एकपटक सपरिवार विदेश पुग्ने शेरचन दम्पतीलाई नेपालको पोखरा र विदेशमा युरोप मन पर्छ । 

उनीहरूमा आपसी सहमतिमा सबै काम हुनुपर्छ भन्ने मान्यता छ । नकुलमा कुनै पनि कुरामा छिट्टै निर्णय गर्ने बानी छ । पुष्पा भने धेरै विचार गरेपछि मात्र काममा हात हान्छिन् । पत्नीको यस्तै बानीका कारण सफलता हात लागेको नकुलको धारणा छ । 

पुष्पाको दृष्टिमा 

नकुलको नराम्रो बानी

१.छिट्टै रिसाउने ।

२.छिट्टै निर्णय गर्ने ।

राम्रो बानी

१. सफा मन ।

२. सपोर्ट एवं सहयोग गर्ने ।

नकुलको दृष्टिमा

पुष्पाको नराम्रो बानी

एकदमै कुल, कुनै कुराले पनि असर नगर्ने ।

राम्रो बानी

१. शान्त  ।

२. तुरुन्तै रियाक्ट नगर्ने ।

३. नआत्तिने, नडराउने ।

४. इगो नभएको ।

५. कहिल्यै कसैको कुरा नकाट्ने 

 Image