Successfully Copied

पाठेघर क्यान्सरविरुद्ध खोपसम्बन्धी जानकारी

महिलाहरूको पाठेघरमा अस्वाभाविक तरिकाले जीवकोषहरू बढ्नुको मूल कारण एचपीभी ( ज्गmबल उबउष्ष्mिब ख्ष्चगक) नामक सूक्ष्म जीवाणुले हो ।

पाठेघरको क्यान्सर भनेको हे हो ? 

महिलाहरूको पाठेघरमा अस्वाभाविक तरिकाले जीवकोषहरू बढ्नुको मूल कारण एचपीभी ( ज्गmबल उबउष्ष्mिब ख्ष्चगक) नामक सूक्ष्म जीवाणुले हो । 

एचपीभी सूक्ष्म जीवाणु सयांै किसिमका हुन्छन् । यी जीवाणुको उपचार अहिलेसम्म उपलब्ध छैन तर यसबाट हुन सक्ने संक्रमणको उपचार हुन सक्छ । सामान्यत: किशोरावस्थामा यी सूक्ष्म जीवाणुहरू उच्च दरमा रहन्छन् र यौन सम्पर्कबाट यी जीवाणुहरूको संक्रमणमा वृद्धि हुन्छ । यौन सम्पर्कबाट महिला र पुरुषमा यी जीवाणुहरू एक–अर्कामा सर्छन् र यसलाई सामान्य रूपमा लिन सकिन्छ । संसारमा ७८ प्रतिशत महिलालाई कुनै समयमा यी जीवाणुहरूले संक्रमण गर्ने अनुमान गरिएको छ । यी जीवाणुहरू एक–अर्काको छालाको सम्पर्कबाट सर्ने भएकाले कन्डमको प्रयोगबाट पनि यी सूक्ष्म जीवाणु सर्नबाट सुरक्षित रहँदैनन् । एचपीभीबाट पाठेघरमा हुने संक्रमणको कुनै खास लक्षण हुँदैन र सामान्य महिलाहरूले आफूमा एचपीभी संक्रमण भएको थाहै पाउँदैनन् । कतिपय अवस्थामा अधिकांश महिलामा हुने यी जीवाणुहरूको संक्रमण १–२ वर्षभित्र आफै साम्य भएर जान्छ । तर ३–१० प्रतिशत महिलामा यी जीवाणुहरूले पाठेघरका जीवाणुहरूमा प्रभाव पार्न सक्छन् र संक्रमण आफै साम्य नभै संक्रमित रूपमा रहन सक्छ । यी जीवाणुहरूले पाठेघरका जीवकोषहरूमा प्रभाव जमाई अस्वाभाविक परिवर्तन ल्याउन सक्छन् । त्यसैले समयमै उपचार नगरे अन्त्यमा क्यान्सरमा परिणत हुन सक्छ । 

एचपीभी प्रभावबाट पाठेघरको जीवकोषमा अस्वाभाविक परिवर्तन (वृद्धि) को सुरुवात भएर क्यान्सरसम्मको यात्रा सामान्य १० वर्षभन्दा बढी हुन सक्छ । यसलाई क्यान्सरको पूर्वावस्थाको घाउ अर्थात् सीएन २–३ (अभचखष्अब िष्लतचबभउष्तजभष्बि िल्भयउबिकष्ब) को नामबाट जानिन्छ र उक्त पूर्व क्यान्सरको अवस्थाको उपचार नभए क्यान्सरमा परिणत हुन सक्छ । 

खोपले के गर्छ ?

हालसम्म संसारका दुईवटा कम्पनीले क्यान्सरविरुद्ध लड्न सक्ने क्षमता भएका मर्कले, गर्दासिल र ग्यासोल सर्भारिक्स खोप उत्पादन गरेका छन् । अहिले धेरैजसो गर्दासिल खोप प्रयोग गरिन्छ । 

गर्दासिल खोपबाट ६–११–१६ र १८ का एचपीभी सूक्ष्म जीवाणुबाट उत्पन्न हुने संक्रमणबाट सुरक्षा हुन्छ । पाठेघरको ७० प्रतिशत क्यान्सर एचपीभी १६ र १८ को संक्रमणबाट भएको अनुमान गरिएको छ । एक शोधअनुसार यो प्रतिशत ८० भन्दा बढी रहेको अनुमान गरिएको छ । यसमा गर्दासिलको खोपबाट पूर्ण सुरक्षित रहने पूर्व अध्ययनबाट प्रमाणित भएको छ । एचपीभी र १६ र १८ बाट हुने पाठेघरको क्यान्सरबाट पूर्ण सुरक्षित रहन र अन्य एचपीभी स्टेनबाट हुन सक्ने संक्रमणबाट पनि सुरक्षित रहन खोप लगाए पनि यौन जीवनपछि नियमित रूपमा पाठेघरको प्रारम्भिक परीक्षण गर्नुपर्छ । नेपालमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण ३० वर्ष पुगेका महिलाहरूलाई गर्ने गरिएको छ । ३० देखि ६० वर्षसम्म एचपीभीबाट हुने संक्रमण आफै साम्य हुन सक्ने सम्भावना छ तर ३० वर्षपछि उक्त सम्भावना कम हुने भएकाले प्रारम्भिक परीक्षण गर्दा राम्रो हुन्छ । इंग्ल्यान्डमा महिलाहरूको २५ वर्ष पुगेपछि अनिवार्यरूपमा प्रारम्भिक परीक्षण गरी पाठेघरको क्यान्सरबाट सुरक्षित राखिन्छ । प्रारम्भिक परीक्षणबाट एचपीभी जीवाणुबाट संक्रमण भएको रहेछ भने पनि त्यसको समयमै उपचार हुन्छ र पाठेघरको क्यान्सरबाट पूर्ण सुरक्षा हुन्छ ।

खोपको मात्रा र गर्ने तरिका 

खोप छ महिनाभित्र तीन पटक गरी पूरा गर्नुपर्छ । कोर्स पूरा नभए पूर्णरूपमा सुरक्षित हुन सकिँदैन । पहिलो खोप लगाएको दुई महिनापछि दोस्रो खोप लगाउनुपर्छ र दोस्रो खोपको चार महिनापछि तेस्रो खोप लगाएपछि पूरा हुन्छ । खोप प्रत्येक पल्ट पाखुराको मांसपेशीमा सुईमार्फत दिइन्छ । 

खोप लगाउन नहुने अवस्था 

गर्भवती महिलाहरूले खोप लगाउनु हुँदैन तर शिशु जन्मिएपछि लगाउन सकिन्छ । बाक्लो ढुसीका अतिरिक्त खोपको उत्पादनमा प्रयोग गरिएका अल्मुनियम, सोडियम आदि अन्य पदार्थहरूबाट एलर्जी हुनेहरूले पनि खोप लगाउनु हुँदैन र पहिलो खोप लगाउँदा एलर्जी भए पछिका खोप पनि लगाउनु हुँदैन ।

 Image