Successfully Copied

क्रेडिट स्कोर

नेपाली समाजमा केही समयका लागि पैसा उधारो लिएर तिर्न चाहिँ वर्षांै झुलाउने मानिसको कमी छैन ।

नेपाली समाजमा केही समयका लागि पैसा उधारो लिएर तिर्न चाहिँ वर्षांै झुलाउने मानिसको कमी छैन । उनीहरू आफ्नो सामथ्र्य नभए पनि केही समय आफ्नो व्यवहार मिलाउन पैसा सापटी माग्छन् । त्यसपछि त्यसलाई फर्काउन निकै समय लगाउँछन् । यस्ता मानिसले पुन: कसैबाट सापटी तथा ऋण पाउँदैनन् किनभने उनीहरूको साख समाप्त हुन्छ । वित्तीय व्यवहारमा यस्तो प्रवृत्तिको व्यवहारलाई खराब क्रेडिट स्कोर मानिन्छ । जहाँ राम्रो क्रेडिट स्कोरलाई राम्रो मानिन्छ । नराम्रो क्रेडिट स्कोरका कारण मानिसहरूलाई निकै नोक्सानी हुन्छ । उनीहरूलाई कसैले पनि विश्वास गर्दैनन् । त्यसैले पनि वित्तीय संस्थाहरूले कसैलाई ऋण दिनुभन्दा पहिले उसको क्रेडिट स्कोरको छानबिन गर्छन् । त्यसैले सबैले आफ्नो क्रेडिट स्कोर चुस्तदुरुस्त राख्नुपर्छ । 

के हो क्रेडिट स्कोर ?

क्रेडिट स्कोर वास्तवमा व्यक्तिप्रति विश्वासको मापदण्ड हो । यसबाट मानिसहरूको चरित्र तथा व्यवहार पत्ता लगाउन सकिन्छ । मानिसको व्यवहारले पनि उसको परिचय दिन्छ । जोकोहीले उसलाई विश्वास गर्न सक्दैनन् । उसको चरित्र, जमानत तथा आर्थिकस्थितिले उसको सामाजिक प्रतिष्ठामा परिवर्तन ल्याउँछ । 

खराब साखको बेफाइदा 

खराब क्रेडिटका कारण ऋण लिन निकै गार्‍हो हुन्छ । विशेषगरी खराब साख भएको व्यक्तिलाई बैंकले ऋण दिन असमर्थता जनाउँछ । यस्ता मानिसलाई बढी ब्याजमा मात्र ऋण प्राप्त हुन्छ । कहिलेकाहीँ खराब आर्थिक साखले जागिरमा पनि असर पुर्‍याउँछ । खराब क्रेडिटका कारण मानिसले राम्रो ठाउँमा घर पनि पाउँदैनन् । त्यसैले यस्तो स्थितिबाट जोगिनुपर्छ । 

जरुरी छ नियमित परीक्षण 

क्रेडिट स्कोरको सुधार क्रेडिट रिपोर्ट हेरेपछि हुन्छ । त्यसैले आफ्नो क्रेडिट इतिहास जाँच्नुपर्छ । आफ्ना तिर्नुपर्ने हरेक बिल समयमै भुक्तान गर्नुपर्छ । सकेसम्म अतिरिक्त जरिवाना शुल्क तिर्नबाट जोगिन सकियो भने आफ्नो क्रेडिट इतिहास राम्रो बनाउन सकिन्छ । 

बिलहरूको नियमित भुक्तानी 

नियमित रूपमा बिल भुक्तान गर्नुपर्छ अर्थात् आफ्ना सबै बिल समय पुग्नुभन्दा पहिले नै भुक्तान गर्नुपर्छ । तिर्नुपर्ने रकम थोरै भए पनि त्यसलाई समयमा भुक्तानी गर्नुपर्छ । सानो रकम पनि बढ्दै जाँदा तिर्नुपर्ने पैसा चुलिएर तिर्न गार्‍हो हुन्छ । 

क्रेडिट कार्ड कम प्रयोग गर्नुपर्छ  

क्रेडिट कार्डको प्रयोग सकेसम्म ३० प्रतिशत कम प्रयोग गर्नुपर्छ । क्रेडिट कार्डको प्रयोग बढी गरिएको छ भने चाँडै त्यसको भुक्तानी गर्नुपर्छ । थोरै रकम चलाउनुपर्छ तर क्रेडिट कार्डको नियमित प्रयोग गर्नुपर्छ । क्रेडिट हिस्ट्री एकपटक बिग्रियो भने त्यसलाई पहिलेकै अवस्थामा फर्काउन निकै सकस हुन्छ । आफूलाई क्रेडिट कार्ड चलाउन अप्ठ्यारो भए बन्द गराउनुपर्छ । आफूसँग दुई–तीनवटा क्रेडिट कार्ड भए पालैपालो प्रयोग गर्न सकिन्छ । 

इएमआई 

क्रेडिट स्कोर सुधार्न आफ्नो घर, गाडी तथा अन्य सामग्रीहरूको इएमआईको भुक्तानी सदैव सही समयमा गर्नुपर्छ । नियमित रूपमा आफ्नो इएमआई भुक्तानी गरे मात्र क्रेडिट स्कोरमा सुधार आउन सक्छ । राम्रो क्रेडिट स्कोर बनाउन सके वित्तीय संस्थाहरूले ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्छन् । यस्ता स–साना कुरामा ध्यान दिएर क्रेडिट स्कोर राम्रो बनाउन सकिन्छ ।

 

 Image