Successfully Copied

पर्म गर्नुअघि ध्यान दिनुपर्ने कुराहरू

पर्म गर्नुअघि ब्युटिसियनसँग आफूलाई सुहाउँछ कि सुहाउँदैनदेखि लिएर आफूले मेन्टेन गर्ने उपायसम्बन्धी जानकारी पनि लिनुपर्छ ।

–पर्म गर्नुअघि ब्युटिसियनसँग आफूलाई सुहाउँछ कि सुहाउँदैनदेखि लिएर आफूले मेन्टेन गर्ने उपायसम्बन्धी जानकारी पनि लिनुपर्छ ।

–केशको प्रकार र अवस्थालाई ध्यानमा राखेर पर्म गराउनुपर्छ ।

–केश दह्रो छ भने टुट्ने सम्भावना बढी हुन्छ । सुख्खा केशमा पर्म नगर्नु नै राम्रो हुन्छ, किनभने सुख्खा केशमा शक्ति हुँदैन ।

–रुघा, खोकी, ज्वरो आएको तथा महिनाबारी भएको बेला पर्म गराउनुहुँदैन किनभने यस्तो बेला हार्मोन्स चेन्ज भैरहेको हुन्छ ।

–पर्म गर्दा नाक, कान तथा घाँटीका गरगहना खोली घाँटीको वरिपरि सफा रुमालले छोपिदिनुपर्छ ।

–वेभ लोसनको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ किनभने यसले कपडामा दाग मात्र लाग्दैन छालामा पनि असर गर्न सक्छ ।

–वेभ लोसन प्रयोग गर्नुअघि लोसनको बट्टा वा बोतलको लेवल राम्रोसँग पढ्नुपर्छ । अलग–अलग ब्रान्डको लोसन प्रयोग गर्ने विधि फरक–फरक हुन सक्छ ।

–पर्म गर्दा धातु वा ब्रस भएको रोलर्स प्रयोग गर्नु हुँदैन । पर्म गर्दा हेयर लाइन वरिपरि तथा कानको छालामा प्रोटेक्टिभ क्रिम लगाउनुपर्छ ।

–रोल लगाउँदा राम्रोसँग तन्काएर लगाउनुपर्छ, जसले गर्दा पर्म राम्रोसँग बस्छ, तर खोल्दा तन्काएर खोल्नु हुँदैन ।

–पर्म गरेको केश धुँदा सधैं काइँयोले राम्रोसँग कोरेर ओयल मसाज गर्नुपर्छ । नुहाइसकेपछि भने काइँयो प्रयोग गर्नु हुँदैन । हातको सहायताले केश मिलाउनुपर्छ ।

–पर्म गरिएको केशलाई १० प्रतिशत भिजेकै बेला तेल, हेयर जेल वा हेयर मुज लगाई मिलाउनुपर्छ । यसो नगरे केश धेरै सुख्खा हुन्छ ।

–केशमा बेलाबेलामा ओयल मसाज गरी हेयर ट्रिटमेन्ट प्रयोग गर्नुपर्छ ।

–पर्म गरिएको केशलाई ट्रिम पनि गरिरहनुपर्छ ।

–वेभ लोसन राम्रोसँग सुकेको छैन भने पर्म बस्दैन । चिप्लो अनि वेटी केशमा पनि पर्म बस्दैन ।

 Image