Successfully Copied

दुलहीले आफै गर्न मिल्ने ब्राइडल मेकअप

हिजो र आजमा मेकअप गर्ने स्टाइलमा पनि धेरै परिवर्तन आएको छ । पहिले ब्राइडल तयार गर्दा रातो कलरलाई महत्व दिइन्थ्यो र ड्ेसमा म्याच गरेर मेकअप गरिन्थ्यो भने आज लुगा भन्दा फरक धारमा मेकअप प्रचलनमा आएको छ ।

समय परिवर्तन संग संगै हरेक क्षेत्रमा परिवर्तन हुँदैं जानु, ५ देखि १० वर्ष भित्रमा ुिरानो कुरामा मोडिफाई भएर आउने फेसन हो । फेसनको एक पार्ट मेकअप पनि हो । हिजो र आजमा मेकअप गर्ने स्टाइलमा पनि धेरै परिवर्तन आएको छ । पहिले ब्राइडल तयार गर्दा रातो कलरलाई महत्व दिइन्थ्यो र ड्ेसमा म्याच गरेर मेकअप गरिन्थ्यो भने आज लुगा भन्दा फरक धारमा मेकअप प्रचलनमा आएको छ ।

 आजको ब्राइडल तयार गर्ने तरिका :

१. अनुहारलाई राम्रोसंग चिसो पानीले पुछ्ने ।

२. क्लिनजिंग गर्ने

३.अण्डर बेस लगाउने

४.दाग धब्बा भए दाग भएको ठाउँमा कन्सिलर प्रयोग गर्ने

वाटरप्रुफ मेकअप भए प्यानेस्टीक अथवा प्यान केक प्रयोग गर्ने । राम्रो संग बेस अप्लाई गरि सके पछि हल्का पानीको स्प्रे गर्ने । अनुहारमा बेस बराबरी रुपमा रहन स्प्रेले मदत गर्छ । टिस्यू पेपरको सहायताले हल्का टयाब गर्ने । अनुहारमा चाहिने भन्दा बढी लागेको भए टिस्यूमा आउँछ र चाहिने प्यानस्टिक एडजब  हुन्छ । ५ मिनेट अनुहारलाई सुक्न दिने ।  त्यस पछि लुज पाउडर लगाउने । लुज पाउडर लगाउँदा डाउन अप्लाई गर्ने , अप नलगाउने । पुरा अनुहारमा बराबरी रुपमा लगाइ सके पछि ५ मिनेट जति सेट हुन छोड्ने ।

मेकअप शुरु गर्दा अनुहारको बनावट बारे राम्रो संग जान्न बुझ्न एकदम जरुरी हुन्छ । कुन पार्टमा फेस कटिंग गर्ने हो थाहा नपाई मेकअप गर्दा मेकअप झन् नराम्रो हुन पुग्छ । लुकाउने भागमा डार्क सेड प्रयोग गर्न र देखाउने भागमा लाइट कलर प्रयोग गर्ने । नोज कटिंग गर्दा डार्क सेड प्रयोग गर्ने । आइृ मेकअप गर्नु अघि ड्ेसलाइृ पनि माइनड मेकअप गर्नु जरुरी हुन्छ भने, उमेरलाई पनि ध्यान दिनु पर्छ । आइ मेकअप गर्दा आँखाको प्रकार थाहा पाउनु पर्छ । आँखाको सेप अनुशार कलर र अप्लाई गर्ने तरिका फरक हुन्छ । सहि तरिकाले प्रयोग गर्दा मेकअप राम्रो देखिन्छ ।

आइृ मेकअप गर्दा पहिले हल्का लाइट बेस लगाउने । बेस माथि डार्क सेड जस्तै डार्क सेड ब्राउन, कफी जस्ता कलर ब्रसको साहायताले आँखाको सेपलाई ध्यानमा राखी अप अप्लाई गर्ने । आँखाको कर्नरमा हल्का डार्क कलरले मर्च गर्ने , जस्ले गर्दा स्मोकी आइृ देखाउन मदत गर्छ । आइलाइनर प्रयोग गर्दा आँखाको कुन्नामा पातलो , छेउ भागमा हल्का मोटो अपमा लगाउने जस्ले आँखा ठूलो देखाउँछ ।

ब्लसर प्रयोग गर्दा उठेको हडीवाट अप सेपमा तल माथिको भागमा बराबरी तरिकाले लगाउने । ब्लसर चिकबोन भन्दा अन्य भागमा प्योग गर्नाले आर्टिफिसियल देखिन्छ । गालाको भागमा कटिंग गर्नु पर्ने छ भने डार्क र लाइट सेड मिलाएर पनि गर्ने सकिन्छ ।

लिपमा लिपिस्टिक लगाउनु अगाडी लिप लाइनरले लिपको सेप मिलाएर पछि लिपिस्टिक लगाएर फेरि एकपटक लिप लाइनरले फिनिसिंग लिन जरुरी हुन्छ । ब्राइडलमा हेबी इम्ब्रोडरी परिनहरु लगाइने हुनाले अनुहारमा पनि सीमर वा ग्लीटर प्रयोग गर्नु पर्छ । जसलाइृ नोज कर्नर , चिकबोनमा लगाउँदा अनुहारमा ग्लो देखिन्छ ।  

 Image