Successfully Copied

बर र बधुको चिना मिल्छ कि मिल्दैन ज्योतिषशास्त्रमा कसरी व्याख्या गरेको छ ?

केटा र केटीको चिना हेर्दा सर्वप्रथम माङ्गलिक दोष छ छैन हेर्नु पर्छ । माङ्गलिक दोष दुवैको नभए मा राम्रो मानिन्छ । यदि दुवैको माङ्गलिक दोष भएमा पनि विवाहको लागि उपयुक्त मानिन्छ । दुइृ मध्य एकको माङ्गलिक दोष छ भने त्यस्तो व्यक्तिहरु विच विवाह

ज्योतिषशास्त्र अनुशार कुन कुन महिनामा विवाह गर्ने सकिन्छ ?

माघ १ गते देखि असार मसान्त सम्मलाई सूर्य उत्तरायन भनिन्छ र साउन १ देखि पौष मसान्त सम्मलाई सूर्य दक्षिणायन भनिन्छ । सूर्य उत्तारयण भएको ६ महिना मध्य चैत्र वाहेक ५ महिना र मंसिर १ महिना समेत ६ महिनाको विचमा उपयुक्त लगनकुन कुन महिनामा विवाह गर्ने सकिन्छ ? वा साइटमा विवाह गर्ने सकिन्छ । मंसिर महिना राम सिताको विवाह भएको हुँदा यस महिनामा विवाह गर्ने प्रचलन छ ।

विवाहको लागि बर र बधुको चिना मिलाउनु जरुरी छ ? चिना मिलेन भने के हुन्छ ?

पहिले पहिले मागी विवाह गर्ने चलन थियो । जुन प्रचलन अनुशार केटा पक्षले केटीको चिना माग्ने र ज्योतिष कहाँ लागि दुई जनाको चिना माग्ने र ज्योतिष कहाँ लगि दुइृ जनाको चिना मिल्छ, मिल्दैन भिराई मिल्छ भने मात्र विवाह गर्ने चलन थियो । त्यति बेला गर्ने विवाह कालान्तर सम्म टिक्छ भन्ने चलन थयो । तर अहिले प्रेम विवाह गर्ने चलन छ । यस विवाहमा चिना मिलाउनु पहिले नै प्रेम भइ सक्ने हुँदा चिना चिना मिलाउन अप्ठ्यारो हुने हुँदा प्रायले साइट मात्र जुराउने चलन छ । यसरी चिना नमिलेको विवाहमा कुनै न कुनै कुरामा अप्ठ्यारो परि नै रहेको हुन्छ ।

बर र बधुको चिना मिल्छ कि मिल्दैन ज्योतिषशास्त्रमा कसरी व्याख्या गरेको छ ?

केटा र केटीको चिना हेर्दा सर्वप्रथम माङ्गलिक दोष छ छैन हेर्नु पर्छ । माङ्गलिक दोष दुवैको नभए मा राम्रो मानिन्छ । यदि दुवैको माङ्गलिक दोष भएमा पनि विवाहको लागि उपयुक्त मानिन्छ । दुइृ मध्य एकको माङ्गलिक दोष छ भने त्यस्तो व्यक्तिहरु विच विवाह गर्ने बर्जित गरेको छ । यस वाहेक दुवैको लग्न कुण्डली हेर्ने पनि उतिकै आवश्यक छ । लग्न कुण्डली राम्रो छ भने जीवन पर्यान्त राम्रो हुन्छ र छैन भने असफल हुन सकिन्छ ।

केटा र केटीको विच चिनामा कति गुण छ भन्ने पनि चलन छ ?

हो, चिना मिलाउँदा कति गुण छ भन्ने प्राचिन प्रचलन छ । यस प्रचलन अनुशार केटा र केटीको राशि , नक्षत्र हेरिन्छ । जन्म नक्षत्र अनुशार वर्णको १, बत्स्यको २, ताराको ३, योनीको ४, ग्रह मैत्री ५, गणको ६, राशीको ७ र नाडीको ८ गरि जम्मा ३६ गुण हुन्छ । ३६ मध्य १८ गुण आएमा विवाह गर्ने सकिन्छ । कम भ्उमा विवाहको लागि त्यति उपयुक्त हुँदैंन । जति धेरै गुण मिल्यो त्यति नै राम्रो मानिन्छ ।

केटा र केटीको कति गुण छ भनेर आफै पनि थाहा पाउन सकिन्छ ?

सकिन्छ, केटा र केटी दुवैले आफ्नो राशी र नक्षत्र चिना हेरे थाहा पाउन सकिन्छ । पात्रोवाट आफुहरुको कति गुण रहेछ थाहा पाउन सकिन्छ । पात्रोको शुरुका पानाहरु तिर बरबधु, मेलापक, सारीनी भनेर एउटा अंक मेलापन दिएको हुन्छ । जसमा बरको नक्षत्र प्राय ठाडो र बधुको तेर्सा लेखेको हुन्छ । दुई जनाको नक्षत्र जानेर त्यस त्यस नक्षत्रको ठाडो र तेर्सा मिलाउँदा जति अक आउँछ उनिहरुको त्यति नै गुण हुन्छ 

 Image