Successfully Copied

पोर्क अचार

पोर्कलाई कम पानीमा नुन हालेर उसिन्ने । आफ्नो साइजअनुसार तावामा रातो हुने गरी फ्राई गर्ने । त्यसपछि पेस्टका लागि तेलमा लसुन फुराउने, टमाटर–खुर्सानी हालेर पकाउने । पानी सुकेपछि निकाल्ने र सेलाएपछि पेस्ट बनाउने ।

पोर्क : आधा केजी

कागती : एउटा

धनियाँ : एक मुठा

नुन : स्वादअनुसार

लसुन : आधा पाउ

खुर्सानी : ४–५ वटा

टमाटर : ३ वटा

विधि 

पोर्कलाई कम पानीमा नुन हालेर उसिन्ने । आफ्नो साइजअनुसार तावामा रातो हुने गरी फ्राई गर्ने । त्यसपछि पेस्टका लागि तेलमा लसुन फुराउने, टमाटर–खुर्सानी हालेर पकाउने । पानी सुकेपछि निकाल्ने र सेलाएपछि पेस्ट बनाउने । फ्राई गरिएको पोर्कलाई पेस्टमा हाल्ने र मिक्स गर्ने । त्यसपछि कागती निचोरी धनियाँ हालेर सर्भ गर्ने । 

 Image