Successfully Copied

पोर्क मिटबल

चिसाेमा पोर्क मिटबलकाे मीठाे स्वाद

सामग्री 

पोर्क किमा : आधा केजी

अण्डा : एक  वटा

ब्रेडकम :  एक सय ग्राम

तेल : आधा लिटर

नुन, मरिचको धूलो, गरम मसला : स्वादअनुसार

प्याज, टमाटर, क्याप्सिकन : ३ सय ग्राम

सोया सस : आधा कप

विधि 

किमामा मसला हालेर आफूलाई चाहिने साइजअनुसार डल्लो बनाई बाहिरबाट ब्रेडकम लगाउने । एउटा प्यानमा तेल तताएर किमाको डल्लोलाई डिप फ्राई गर्ने । डिप फ्राई गरेपछि तेल निकालेर थोरै तेलमा प्याज, क्याप्सिकनलाई हल्का सोथे गरेर मिटबल तथा सस हाल्ने । तयार हुन थालेपछि टमाटर हालेर एकछिन पकाउने । पोर्क मिटबल तयार हुन्छ ।

नोयोज् इटरी खाजा घर

 Image