Successfully Copied

रनवे फेसन स्टोर

खिचापोखरी पशुपति प्लाजाको अगाडि अवस्थित रनवे फेसन स्टोर फेसनपारखी महिलाहरूका लागि उपयोगी छ ।

आउटलेट : न्यूरोड  खिचापोखरी ।

विशेषता : महिलाहरूका सबै प्रकारका क्याजुअल परिधानका लागि उपयोगी ।

खिचापोखरी पशुपति प्लाजाको अगाडि अवस्थित रनवे फेसन स्टोर फेसनपारखी महिलाहरूका लागि उपयोगी छ । भर्खरै खुलेको यो स्टोरमा जाडोका लागि चाहिने सम्पूर्ण फेसनेबल पहिरन खरिद गर्न सकिन्छ । यहाँ टिनएजदेखि वयस्क महिलाहरूका लागि परिधान उपलब्ध छन् । दुई तल्लामा विभाजित यो फेसन स्टोरमा हरेक परिधानका लागि फरक–फरक चेम्बर निर्माण गरिएको छ । विदेशबाट आयात गरिने भएकाले यहाँ खरिद गरिएका सबै परिधान लामो समयसम्म लगाउन सकिन्छ । यहाँका पहिरनमा रंग जाने, भुवा आउने तथा सानो हुने समस्या नदेखिने यसका संचालकको दाबी छ । जाडो तथा ओपनिङलाई मध्यनजर गरी यहाँ ३० देखि ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । 

 Image