Successfully Copied

लिभ इन टुगेदर विवाहको विकल्प हुनसक्छ ?

सामाजिक परिवर्तनसँगै युवापुस्ताका लागि लिभ इन टुगेदर सम्बन्ध सहज बन्दै गएको छ । पश्चिमा मुलुकमा दशकौंअघिदेखि सहज र मान्यताप्राप्त मानिए पनि पूर्वीय मुलुक तथा सामाजिक परिवेशमा यस्तो सम्बन्धलाई वैधता प्रदान गरिएको छैन ।

सामाजिक परिवर्तनसँगै युवापुस्ताका लागि लिभ इन टुगेदर सम्बन्ध सहज बन्दै गएको छ । पश्चिमा मुलुकमा दशकौंअघिदेखि सहज र मान्यताप्राप्त मानिए पनि पूर्वीय मुलुक तथा सामाजिक परिवेशमा यस्तो सम्बन्धलाई वैधता प्रदान गरिएको छैन । तैपनि आजका शिक्षित एवं आधुनिक युवाहरू यस्तो किसिमको सम्बन्धलाई खासै समस्याका रूपमा लिँदैनन् । हाम्रा पुरातन मूल्य–मान्यता विपरीत लिभ इन टुगेदर सम्बन्ध विवाहको विकल्प हुनसक्छ कि सक्दैन ?

यो अहिलेको परिवेशमा आफैंमा ठूलो प्रश्न हो । सम्बन्धित विशेषज्ञहरूका अनुसार आत्मनिर्भर नभैसकेको सामाजिक अवस्थामा यो महिलाहरूका लागि हानिकारक छ । कुनै पनि पूर्वाग्रह नराखी आत्मैदेखि महसुस गर्दा हाम्रो समाज तीव्र गतिमा परिवर्तन भैरहेको छ । सूचना सञ्चारसँगै प्रविधिले पनि हामीलाई अझ नजिक ल्याएको छ । हाम्रो देशका युवाहरूको अनुभवको दायरा पनि फराकिलो हुँदैछ ।

उनीहरूका लागि विदेशी संस्कृति सहज र सरल बन्दै गएको छ । यसकारण पनि उनीहरूको सोचमा परिवर्तन आउनु स्वाभाविक हो । विवाह होस् वा लिभ इन टुगेदर यो मानिसको निजी मामिला हो । आजका युवा–युवतीहरू स्वतन्त्रताको मूल्य र महत्व बुझ्ने भएका छन् त्यसलाई उनीहरू कुनै पनि हालतमा गुमाउन चाहँदैनन् । त्यसैले पनि अहिलेका अभिभावक सन्तानमाथि आफ्नो निर्णय थुपार्न चाहँदैनन् । 

 Image