Successfully Copied

पहिले टुरिष्ट गाइड तथा विउ उत्पादक अहिले हिलर - जमुना कायस्थ

विना पैसा , पूरै सहयोगको भावनामा जमुनाले आफ्नो जीवनको अन्तिम टर्निंग प्वाइन्टको रुपमा यो क्षेत्रलाई अपनाएकी छिन् ।

अमेरिकाको चर्चित फेशन कम्पनी मकाल्समा काम गरेको अनुभव बोकेर सन् १९७७ मा अमेरिकावाट श्रीमानको पीएचडी सकेर स्वदेश फर्के पछि उनी विदेशीलाइृ नेपाली सिकाउने, घुमाउने र  नेपाली कल्चरको ज्ञान बाड्नेमा लागिन् । एयरपोर्टवाट रिसिब गरेर नेपालर्काटकीय स्थल घुमाउने , होटल व्यवस्था गर्ने , नेपाली सिकाउने आदि काममा उनी व्यस्त रहन थालिन् । सन् १८८२ मा श्रीमानले कृषीको कन्सल्टाइन्स खोले तर उत्पादन सिकाएर तर विउ बेच्ने बजार पाएन । यस्तो समस्या सुनेर उनले विउ कम्पनी खोलेर नांग्लो पसल खोलेर भए पनि विकाइ दिन्छु भन्दा आइमाइले पनि विउ कम्पनी खोल्न सक्छ र भनि खिजाए पछि उनले एनएफसी सीड कम्पनी खोले । नेपालको चौथों र महिलाले खोलेको पहिलो वीउ कम्पनीको रुपमा स्थापना गरेर महिलाहरुलाइृ नै तालिम दिएर बीउ कम्पनी चलाइन् । एउटा कृषि मेलामा बंगलादेशमा १ किलो मूलाको विउ लगे पछि ५ सय किलो अर्डर गरे । त्यस पछि ५ टनको अर्डर आयो । त्यस पछि जमुना कायस्थको समय वीउ उत्पादन र विक्रीमा वित्न थाल्यो । संग संगै टुरिष्ट गाइडको रुपमा पनि काम गर्दे गइन् । उनको विउको प्रशंसा र माग बंगलादेश, थाइल्याण्ड, इन्दियामा बढ्न थाले । एकपटक उनी एकदमै विरामी परिन् । डाक्टरहरुले रोग पत्ता लगाउन पनि सकेनन् त्यही क्रममा न्युजरल्याण्डको विद्यार्थीले १५ मिनेट हिलिंग गरेर निको पारे । पछि एक जना द्य मां संग उनको सम्पर्क भयो, विरामीलाई उतै लैजामन्थे । १५ वर्ष पछि उनै विरामी भए ।  यसै समयमा अन्तराष्ट्यि विद्यार्थीहरुलाई पढाउने क्रममा उनले जापनीज विद्यार्थीको सम्पर्कवाट गुरु हिरोकाजी कोबायासी भेटे जसले विरामी द्य मांलाई ढाडमा छुना साथ निको पारे । यो गुरु त नेपालको लागि अति आवश्यक रहेछ भन्ने सोचले ४ दिन लुम्बीनी घुम्न आएका गुरु हिरोकाजी कोबायासीलाई ५ हप्ता काठमाडौंमै राखे । उनको शक्ति देखेर धेरै लाभिए । उनी पटक पटक नेपालमा आएर हिलिंग गर्ने थाले । उनको जीवनमा थुप्रै टर्निंग प्वाइन्ट आए तर २०५८ सालमा राजा विरेन्द््र्को बंश नासको घटनाले पैसा कमाउने, लोभ, लालच सबै बेकार लाग्यो । त्यस पछि उनले विउ कम्पनी, विदेशीलाई पढाउने, घुमाउने जस्ता काम छोडेर विरामीलाई जल ख्वाउँदै, हिलिंगमै व्यस्त रहिन् । 

जमुनालाई उनले शिष्य बनाइ उनमा र उनको घरमा हिलिङ्ग रुपमा शक्ति छोडेर गए । जसवाट उनले घरमै बसेर शनिवार, आइतवार र सोमवार हिल्रिंंग गराई दिनमा सयौं जनालाई सहयोग गरि रहेकी छिन् । अचेल उनको घर जल खाने घरको रुपमा समेत परिचित छ । विना पैसा , पूरै सहयोगको भावनामा जमुनाले आफ्नो जीवनको अन्तिम टर्निंग प्वाइन्टको रुपमा यो क्षेत्रलाई अपनाएकी छिन् ।

 Image