Successfully Copied

लाभदायक अर्गानिक खाद्यपदार्थ

फाइटान्युट्रिएन्ट तत्व कुनै पनि बिरुवाको लहरा, पात, फूल, फल वा अन्नमा पाइन्छ ।

फाइटान्युट्रिएन्ट तत्व कुनै पनि बिरुवाको लहरा, पात, फूल, फल वा अन्नमा पाइन्छ । तर सूर्यको अधिक किरण तथा हावामा यसको सम्पर्कले वाष्पीकरण हुन्छ र यो तत्व हावामा उड्छ । खाद्यवस्तुहरूको काट–छाँट गर्दा पनि यो तत्व नष्ट हुन्छ । खाद्यपदार्थलाई प्याकेट वा डिब्बामा राख्दा यसको पोषकतत्व केही कमी हुन्छ । त्यसैले फाइटान्युट्रिएन्टको लाभ प्राप्त गर्न प्रोसेस्ड तरकारी, फल तथा पालिस लगाइएको अन्न प्रयोग गर्नु हुँदैन । ताजा खाद्यपदार्थ सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । 

अर्गानिक फुडले शरीरका विभिन्न रोगलाई कम गर्न सक्छ । 

यी कुराहरूलाई ध्यानमा राखौं :

वैज्ञानिकहरूले गरेको शोधअनुसार शुद्ध खाद्यपदार्थका लागि कीटनाशक औषधि प्रयोग गर्नुपर्छ । 

सुन्तला, कागती, मौसम आदि भिटामिन सीयुक्त फलहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । यस्ता फलहरूले हाम्रो शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर फालेर हामीलाई स्वस्थ बनाउन सघाउँछन् । 

त्यसैले यस्ता फलहरूको जुस दिनहुँ भोजनमा समावेश गर्नुपर्छ । 

हामीले तरकारी एवं फलको बोक्रालाई त्यत्तिकै खेर फाल्छांै । तर यसमा फाइबर पाइन्छ । यो फाइबर हाम्रो शरीरका लागि लाभदायक हुन्छ । त्यसैले फल बोक्रासहित खानुपर्छ । 

शरीरमा बढेको कोलस्ट्रोललाई हृदय रोगको प्रतीक मानिन्छ । अत: आफ्नो खानामा ओलिभ आयल, माछा तथा गेडागुडी समावेश गर्नुपर्छ । 

कुनै पनि रोगबाट बच्ने उपाय अपनाउनुपर्छ । डाइबिटिज, ब्लडप्रेसर, क्यान्सरजस्ता रोगहरूका लागि नियमित जाँच गराउनुपर्छ । आफ्नो खानपान तथा जीवन शैलीलाई स्वस्थ बनाउनुपर्छ । आफ्नो भोजनमा सबै किसिमका खाद्यपदार्थ समावेश गरी स्वस्थ जीवन जिउनुपर्छ । 

 Image