Successfully Copied

ब्लाक फरेष्ट केक

सामग्री चिनी २ सय ५० ग्राम क्रिम आधा लिटर चेरी ५० ग्राम सुगर सिरप आवश्यकताअनुसार

सामग्री 

चिनी २ सय ५० ग्राम

क्रिम आधा लिटर

चेरी ५० ग्राम

सुगर सिरप आवश्यकताअनुसार

मैदा ६० ग्राम

कोका पाउडर १० ग्राम

दालचिनी २ टुक्रा

भेनिला एसेन्स ४–५ थोपा 

विधि 

चकलेट स्पन्ज बेसका लागि : चिनी र अण्डा मज्जाले फिट्ने । त्यसमा मैदा र कोका पाउडर बिस्तारै हाल्ने ।  त्यसलाई ओवनमा बेक गर्ने । तयार भएको चकलेट स्पन्जलाई चाहिएको आकारमा काट्ने । त्यसपछि क्रिममा चिनी हाली बाक्लो हुने गरी फिट्ने । 

सुगर सिरप  बनाउन : चिनी, पानी, कागती तथा दालचिनीलाई एउटा भाँडामा उमाल्ने ।

चकलेट स्पन्जलाई बेस बनाउने र ३ लेयरमा काट्ने । त्यसमा अलिअलि सुगर सिरप हाल्ने । त्यसपछि क्रिम हाली सबैतिर मिलाउने । यसलाई स–साना चेरी हाल्ने । त्यसको माथि पुन: चकलेट स्पन्ज राखेर तह बनाउने । फेरि सुगर सिरप राख्ने । फेरि क्रिम अनि त्यसमाथि चेरी राख्ने । अन्त्यमा स्पन्ज राख्ने त्यसपछि सुगर सिरप अनि क्रिम हालेर चक्कुको सहायताले मिलाउने । केकको चारैतिर क्रिम लगाएर मिलाउने । ब्लक डार्क चकलेटलाई ग्रेड गरेर चक्कुले निकालेर केकको माथिबाट राख्ने । 

 Image