Successfully Copied

अनलाइन सपिङ टिप्स

हिजोआज अनलाइन किनमेलको क्रेज छ । घरमै बसी–बसी कम्प्युटरबाट विभिन्न सामग्री खोजी, हेरी तथा मन पराई खरिद गर्नु अहिले धेरैको रुचिको विषय बन्दै गएको छ ।

हिजोआज अनलाइन किनमेलको क्रेज छ । घरमै बसी–बसी कम्प्युटरबाट विभिन्न सामग्री खोजी, हेरी तथा मन पराई खरिद गर्नु अहिले धेरैको रुचिको विषय बन्दै गएको छ । अनलाइन सपिङ आफूसँग समय नहुनेहरूका लागि किनमेलको राम्रो माध्यम बनेको छ । अनलाइन किनमेल गर्दा सामान घरमै डेलिभरी हुन्छ । डेलिभरीकै समयमा बिल पेमेन्ट गर्न सकिन्छ । 

अनलाइन किनमेल गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :

–सामान खरिद गर्नुअघि वेबसाइटको प्राइभेसी पोलिसीमा ध्यान दिनुपर्छ । 

किनमेल यस्तो साइटबाट गर्नुपर्छ जुन वेबसाइटमा सामानहरूको सम्पूर्ण जानकारी राखिएको होस् । 

–आफ्नो क्रेडिट कार्डको डिटेल सामान खरिद गर्ने निश्चित नभएसम्म दिनु हुँदैन । क्रेडिट कार्डबाट पेमेन्ट गर्दा साइटको युआरएल चेक गर्नुपर्छ । 

–कुनै नयाँ वेवसाइट छनोट गर्नुभन्दा आफूले किनमेल गरिसकेको वेवसाइटबाट सामान खरिद गर्नुपर्छ। आफूले चिनेका मानिसहरू छन् भने उक्त स्थानबाट सामान खरिद गर्नुपर्छ । अहिले अनलाइनमा फर्जी साइटहरूको बिगबिगी छ । 

–कुनै पनि वेबसाइटमा आफ्नो जन्म मिति र नागरिकता नम्बर आवश्यक हुँदैन । यसलाई कसैसँग सेयर गर्नु हुँदैन । 

–नियमित किनमेल गर्ने भए आफ्नो बैंकको स्टेटमेन्टमा ध्यान पुर्‍याउनुपर्छ । कुनै ट्राजेक्सन गल्तीले त भएको छैन ध्यान पुर्‍याउनुपर्छ । कारोबारलाई लिएर कुनै द्विविधा छ भने बैंकमा सम्पर्क राख्नुपर्छ। 

–आफ्नो कम्प्युटरमा एन्टी भाइरस जडान गर्नुपर्छ अन्यथा ठगी गर्ने वेबसाइटले एकाउन्ट ह्याक गरिदिन सक्छन् । 

–पासवर्ड अंक तथा संख्या दुवै मिलाएर राख्नुपर्छ । यसो गर्दा सजिलै पासवर्ड आँकलन गर्न सकिँदैन । 

–किनमेलका लागि सार्वजनिक भन्दा व्यक्तिगत कम्प्युुटर प्रयोग गर्नुपर्छ । सार्वजनिक स्थलको कम्प्युटर प्रयोग गरे पनि काम सकिएपछि लग आउट गर्न बिर्सनुहुँदैन । 

–आफ्नो कम्प्युटरमा फिसिङ फिल्टर जडान गर्नुपर्छ । यो सफ्टवेयरले फर्जी वेवसाइट आफै फिल्टर गर्छ । 

–किनमेलपछि समय, मिति, रसिद नम्बर आदि नोट गर्नुपर्छ । प्रिन्ट निकाल्न सकिएन भने डेस्कटपमा सेभ गर्नुपर्छ । 

–कुनै पनि वेबसाइटले कसैको व्यक्तिगत जानकारी मागे भने ती फर्जी हुन् भन्ने बुझ्नुपर्छ । काम गरिरहेका वेबसाइटहरूले व्यक्तिगत विवरण माग गर्दैनन् । द्विविधा भए उक्त साइट हेर्नु हुँदैन । 

–डेबिट कार्डको साटो क्रेडिटको माध्यमबाट किनमेल गर्नु सुरक्षाको हिसाबले राम्रो मानिन्छ । डेबिट कार्डबाट किनमेल गर्दा रकम तुरुन्तै स्थानान्तर हुन्छ । यसबाट ठगिने सम्भावना बढी हुन्छ । 

–कुनै पनि सामान खरिद गर्नुभन्दा पहिले सामानको मूल्य तथा अतिरिक्त मूल्यमा ध्यान पुर्‍याउनुपर्छ । त्यसैगरी उक्त सामान खरिद गर्दा प्याकिजिङ, डेलिभरी तथा किनमेल चार्ज जोडिएको छ–छैन निश्चित गर्नुपर्छ । 

–आफूले खरिद गरेको सामानको वारेन्टी तथा ग्यारेन्टीमा ध्यान दिनुपर्छ । आफूले खरिद गरेको सामानमा कुनै किसिमको खराबी भेटिए त्यो फिर्ता हुन्छ कि हुँदैन खरिद गर्नुअघि नै यकिन गर्नुपर्छ । 

 Image