Successfully Copied

विशेष अवसरमा बनौं विशेष

पार्टी मेकअप विभिन्न प्रकारका हुन्छन् । जस्तै डे पार्टी मेकअप, नाइट पार्टी मेकअप । यी दुवै गर्ने तरिका एउटै जस्तो छ, फरक मात्र प्रयोग गरिने रंगहरूको हो।

पार्टी मेकअप विभिन्न प्रकारका हुन्छन् । जस्तै डे पार्टी मेकअप, नाइट पार्टी मेकअप । यी दुवै गर्ने तरिका एउटै जस्तो छ, फरक मात्र प्रयोग गरिने रंगहरूको हो । दिनमा लाइट र रातिमा डार्क सेड्स सुहाउँदो हुन्छ । मेकअपभन्दा पहिले क्लिन्जिङ आवश्यक हुन्छ । यसबाट मेकअपमा अझ बढी निखार आउँछ । छाला सुख्खा छ भने क्लिन्जिङका लागि क्लिन्जिङ मिल्क प्रयोग गर्नुपर्छ र ओयली छ भने क्लिन्जर छनोट गर्नुपर्छ । यसपछि मुहारमा टोनर लगाएर ५ मिनेटका लागि छोड्नुपर्छ । त्यसपछि मेकअप प्रारम्भ गर्नुपर्छ ।

डे मेकअप 

डे मेकअप थोरै लाइट हुनुपर्छ, यसैले दिउँसोको समयका लागि लाइट सेड्स नै छनोट गर्नुपर्छ । अनुहारको दाग–धब्बा र आँखामुनिको कालो घेरालाई लुकाउन त्यति नै भागमा कन्सिलर प्रयोग गर्नुपर्छ । गर्मीको मौसममा पसिनाको समस्या बढी हुन्छ, विशेषगरी दिनको समयमा, यस कारण मेकअप टिकाइराख्नका लागि वाटरप्रुफ मेकअप प्रयोग गर्नुपर्छ । कन्सिलरपछि स्किन टोन सुहाउँदो वाटरप्रुफ फाउन्डेसन लगाउनुपर्छ । यसपश्चात् आई मेकअपको पालो आउँछ । यसका लागि आफ्नो ड्रेसको कलर सुहाउँदो आइस्याडो छनोट गर्नुपर्छ । दिनको समयमा सिमर वा स्पार्कल आइस्याडो प्रयोग गर्नु ठीक हुदैन । आइस्याडोपछि आइलाइनरको सिंगल कोट लगाउनुपर्छ । आफ्नो ड्रेसको कलर सुहाउँदो आइलाइनर पनि लगाउन सकिन्छ । आइलाइनरपछि काजल लगाउनुपर्छ । दिनको समयमा लाइट काजल र मस्कारा एउटै कोट लगाउनु राम्रो हुन्छ ।

लिप–लाइनरबाट ओठलाई सही सेप दिनुपर्छ । ओठ पातलो छ भने आउट लाइनिङ ओठको रेखाभन्दा बाहिरतर्फ राख्नुपर्छ र मोटो छ भने भित्रतर्फ राख्नुपर्छ । लिपिस्टिकमा मेट लिपिस्टिक प्रयोग गर्न सक्नुहुन्छ । ओठ फुटेको छ भने लिपिस्टिक प्रयोग गर्नुभन्दा आधा घण्टा पहिले लिप बाम प्रयोग गर्नुपर्छ । यसपश्चात् गालामा वाटरप्रुफ ब्लसर प्रयोग गर्नुपर्छ । छाला धेरै सुख्खा छ भने क्रीम बेस्ड ब्लसअन लगाउनु राम्रो हुन्छ । मेकअपका साथमा पर्फेक्ट हेयरस्टाइल पनि अत्यन्त जरुरी छ । साडीका साथमा डिजायर जुरो पनि बनाउन सकिन्छ । केश खुल्ला पनि छोड्न सकिन्छ ।

नाइट मेकअप : नाइट मेकअपमा सबैभन्दा पहिले अनुहारको क्लिन्जिङ गर्नुपर्छ । यसपछि दाग–धब्बा र डार्क सर्कल्समा कन्सिलर प्रयोग गर्नुपर्छ । रातिको समयमा नर्मल फाउन्डेसनको स्थानमा सिमरयुक्त फाउन्डेसन पनि लगाउन सकिन्छ जुन निकै राम्रो देखिन्छ । राति डार्क सेड्सको आइस्याडो लगाउनुपर्छ । योसित हाइलाइटर पनि प्रयोग गर्नुपर्छ । आईलिड माथिको भागमा कपर, सिल्भर, ब्लू, ग्रिन जस्ता सेड्स प्रयोग गर्नु उचित हुन्छ । रातिको समयमा आँखालाई स्मोकी लुक पनि प्रदान गर्न सकिन्छ । चाहना अनुसार आईलिडमा सिमरयुक्त आइस्याडोको पनि प्रयोग गर्न सकिन्छ । ग्लसी लुक प्राप्त गर्नका लागि आइस्याडोमाथि औंला प्रयोग गरी थोरै ग्लस लगाउन सकिन्छ ।

विवाहमा गइँदै छ भने, आँखाको बाहिरी दुवै कुनामा स्टोन पनि टाँस्न सकिन्छ । आइलाइनर र गाजलको डब्बल कोट लगाउनुपर्छ । यसबाट आँखा राम्ररी हाइलाइट हुन पुग्छ । नाइट पार्टीमा डार्क ब्लस अन गर्नुपर्छ । त्यसपछि ट्रान्सपरेन्ट पाउडरलाई ब्रस प्रयोग गरी प्रयोग गर्नुपर्छ । रातिको लिप मेकअप पनि डार्क गर्नुपर्छ । यसका लागि डार्क सेडको लिपिस्टिक पनि लगाउनुपर्छ जस्तै– पिंक, पर्पल, मरुन र रेड सेड्स । लिपिस्टिकको कलर छनोट गर्दा आफ्नो छालाको रंगमा ध्यान पुर्‍याउनुपर्छ। लिपिस्टिक लगाउनुभन्दा पहिले ओठलाई लिपलाइनरबाट सेप दिनुपर्छ । नाइट पार्टीमा हेयर स्टाइल पनि केही विशेष हुनुपर्छ । यसका लागि कुनै पनि हेयर स्टाइल बनाएर त्यसलाई ग्लीटर, स्टर्ड वा अरू कुनै हेयर एक्सेसरिजबाट सजाउन सकिन्छ । नाइट पार्टीमा कर्ल पनि राम्रो हुन्छ, अत: यो शैली पनि ट्राई गर्न सकिन्छ ।

 Image