Successfully Copied

विन्टर स्किन केयर र मेकअप

जाडो मौसममा तैलीय छालामा कृत्रिम सुख्खापन देखापर्छ । यस्तो अवस्थामा अनुहारको छालामा चिल्लो प्रयोग गर्नु हुँदैन । अनुहारको छालामा हल्का फेसवास प्रयोग गरी दिनमा एकपटक ओइल फ्रि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । सुख्खा भएर छालामा डेड स्किन देखिए हप्तामा एकपटक चिल्लोरहित फेसियल स्किन लोसन

रोफिना श्रेष्ठ, ब्युटिसियन

जाडोमा छालालाई सफा, ताजा, स्वस्थ, चम्किलो एवं सुन्दर राख्न विशेष स्याहार गर्नुपर्छ । जाडो मौसममा वातावरणमा तापक्रम कम भएर चिसो हावा चल्नाले स्किनमा रहेको ओइल ग्लान्डले चिल्लो पदार्थको उत्पादन कम हुन्छ अर्थात् यतिबेला ग्रन्थिले चिल्लो पदार्थको उत्पादन कम गर्छ र छालामा सुख्खापन देखापर्छ । बढी घाममा बस्दा, कोठामा हिटर प्रयोग गर्दा, चिसो हावामा बढी हिँडडुल गर्दा मोइस्चर उडेर छाला सुख्खा हुन्छ । यस्तो अवस्था धेरै दिन रहे छालामा पातलो लाइन देखा पर्छ जसले पछि स्थायी रूप लिन्छ । मनतातो पानीले अनुहार धोएर मोइस्चराइजरयुक्त क्रिम प्रयोग गर्नुपर्छ । यस्तो प्रसाधन दिउँसो पनि लगाउनुपर्ने भएकाले डे क्रिममा एसपीएफयुक्त प्रसाधन प्रयोग गरी स्किन टोनअनुरूपको एसपीएफयुक्त फेस पाउडर प्रयोग गर्नुपर्छ जसले गर्दा सूर्यको नकारात्मक किरणबाट जोगिन सकिन्छ । तातोपानीले अनुहार धुन, नुहाउन, बडी सप तथा चिल्लो निकाल्न फेसवास प्रयोग गरे छालाको चिल्लो निस्की त्यसको नरमपन उडेर जान्छ । त्यसपछि छाला सुख्खा हुने, मृतकोष देखा पर्ने र फुट्ने समस्या देखापर्न थाल्छ । त्यसैले हप्ताको एकपटक अनुहारमा एक्सफोलिटर प्रयोग गर्नुपर्छ । यसलाई घरमै पनि बनाउन सकिन्छ ।

विधि : एक चम्चा ब्राउन सुगर, एक चम्चा मह, एक चम्चा भर्जिन ओलिभ आयल मिसाएर अनुहार र हातमा लगाई हल्का मालिस गर्ने अनि मनतातो पानीले पखाल्ने ।

यो सिजनमा मेकअप 

मेकअप यस्तो कला हो जसले महिलाहरूको सुन्दरतामा निखार ल्याउँछ । समयको गतिसँगै मेकअप गर्ने विधिमा पनि निकै परिवर्तन आइसकेको छ । बजारमा पनि मेकअपको फरक–फरक अवधारणाअनुसार विभिन्न प्रकारका प्रसाधन भित्रिएका छन् । विशेषगरी समय, चाडपर्व, विवाह, पहिरन डिजाइन र रंग, अफिस जाँदा तथा प्रतिदिन गरिने नर्मल तथा रेगुलर मेकअप अहिले चल्तीमा छन् । मेकअपअनुरूप नै मेकअप सामग्री तथा आँखा र ओठमा प्रयोग हुने प्रसाधनका रंग चयन गरिन्छ ।

छाला सुख्खा तथा डेढ सेलहरू सक्रिय हुने भएकाले जाडो मौसममा अल्कोहलरहित स्किन रिप्रेसर प्रयोग गरेपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । बढी ओइली भएर स्किन पोर्च भएको अनुहारमा मेकअप प्राइमर प्रयोग गर्नु उत्तम हुन्छ । साधारण समारोहका लागि मेकअप गर्दा अनुहारमा अण्डर आई डार्क सर्कल भए कन्सुलर प्रयोग गर्न सकिन्छ । कन्सुलर स्किन टोनभन्दा एक सेड लाइट हुनुपर्छ । अनुहारमा चायाँ–पोतो भए एल्लो कन्सुलर प्रयोग गर्न सकिन्छ । त्यसपछि बेस मेकअपका लागि स्किन टोनअनुसार अथवा एक सेड लाइट अथवा एक सेड डार्क फाउन्डेसन प्रयोग गरी निधारदेखि हल्का थोप्ला आँखामाथि तथा सम्पूर्ण अनुहारमा औंलाको सहायताले लगाउनुपर्छ र फाउन्डेसन ब्लेन्डिङ फर्मको सहायताले अनुहारमा थपथपाउँदै फाउन्डेसनलाई स्किन टोनसँग मर्ज गर्नुपर्छ । त्यसपछि पहिरनको रंगअनुरूप आइस्याडो प्रयोग गर्न सकिन्छ । राति आइबलमा चम्किलो स्याडो प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रि म्याचर रिंकलको समस्या

जाडो मौसममा तैलीय छालामा कृत्रिम सुख्खापन देखापर्छ । यस्तो अवस्थामा अनुहारको छालामा चिल्लो प्रयोग गर्नु हुँदैन । अनुहारको छालामा हल्का फेसवास प्रयोग गरी दिनमा एकपटक ओइल फ्रि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । सुख्खा भएर छालामा डेड स्किन देखिए हप्तामा एकपटक चिल्लोरहित फेसियल स्किन लोसन प्रयोग गर्दा डेड स्किन रिमुभ हुनुका साथै अनुहारमा चिल्लोपन देखा पर्छ । विशेषगरी टिनएजमा यस्तो समस्या हुन्छ ।

 Image