Successfully Copied

ग्रिन टीमा रमाउने सोनाक्षी

दवंग गर्ल’ सोनाक्षी सिन्हाको वजन ९० किलो थियो, जतिबेला उनले फिल्मी करियर सुरु गरेकी थिइनन् ।

‘दवंग गर्ल’ सोनाक्षी सिन्हाको वजन ९० किलो थियो, जतिबेला उनले फिल्मी करियर सुरु गरेकी थिइनन् । यद्यपि जब सलमान खानको को–स्टारका रूपमा ‘दवंग’ मा देखा परिन्, उनी निकै स्लिम देखिइन् । आखिर यो कसरी सम्भव भयो ? सोनाक्षीले त्यसको रहस्य खोलेकी छिन् । 

नियन्त्रित खानपान र नियमित वर्क आउटले नै आफू ‘फिट एण्ड फाइन’ रहेको उनले बताएकी छिन् । सोनाक्षीको ब्रेकफास्ट गहुँको टोस्ट र दूध हुन्छ । ११ बजेपछि उनी केही ड्राइ फुड र ग्रिन टी पिउँछिन् । उनलाई लाग्छ–ग्रिन टीले तौल घटाउँछ र छाला पनि राम्रो बनाउँछ । लन्चमा रोटी र तरकारी, फ्रेन्च सलाद खान्छिन् । साँझमा फलफूल र ग्रिन टी पिउँछिन् । शरीर र पेटलाई स्वस्थ राख्न सुत्नुभन्दा चार घण्टाअघि डिनर गर्छिन् । उनी दिनभर प्रशस्त पानी र ग्रिन टी पिउँछिन् । 

सोनाक्षीले चिल्लो वा मसलेदार खानेकुरा कटौती गरेकी छिन् । चामल र मिठाईं पनि खाँदिनन् । रक्सी र चुरोटको सेवनबाट टाढै रहन्छिन् । नियन्त्रित खानपानका साथै वर्क आउट, व्यायामलाई पनि महत्व दिएकी छन् । तौल नियन्त्रण गर्न, मोटोपन घटाउन र शरीरलाई चुस्त राख्न नियमित रूपमा व्यायाम गर्छिन् । उनी बिहान उठेपछि वेट लस ट्रेनिङ गर्छिन् । उनी नियमित ४० डिग्री तापमानमा हट योग गर्छिन् । 

 Image