Successfully Copied

जंगस्ट्रोङ नेल आर्ट दरबारमार्ग

सन् २०१० देखि सञ्चालनमा आएको जंगस्ट्रोङले तालिम दिएर आफ्नो सेवा सुरु गरेको थियो । साधारण हिसाबले आरम्भ गरिएको यो केन्द्रमा मानिसहरू नेल आर्ट सिक्न आउँथे । स्थापनाको एक वर्षदेखि नै नेल आर्टको सेवा पनि सुरु भयो ।

सन् २०१० देखि सञ्चालनमा आएको जंगस्ट्रोङले तालिम दिएर आफ्नो सेवा सुरु गरेको थियो । साधारण हिसाबले आरम्भ गरिएको यो केन्द्रमा मानिसहरू नेल आर्ट सिक्न आउँथे । स्थापनाको एक वर्षदेखि नै नेल आर्टको सेवा पनि सुरु भयो । नेल आर्टमा धेरै मानिसको इच्छा बढेका कारण व्यस्तता बढ्दै गयो । उपत्यकामा व्यस्त कामकाजी महिला तथा सेलिब्रेटी, खानदानी महिलाहरूको राम्रो गन्तव्य जंगस्ट्रोङ लोकप्रिय मानिन्छ । यहाँ विशेषगरी वैदेशिक रोजगारमा जानेहरू तालिम लिनका लागि आउने गरेका छन् । विदेशमा ब्युटिसियन पेसा गरेर राम्रो कमाइ गर्न सकिने भएपछि तालिमका लागि धेरै मानिस आउँछन् । यहाँ नेल–जेल सुकाउने युभी ल्याम्पको प्रयोग गरिन्छ । स्थायी तथा अस्थायी नेल आर्ट तथा नेल एक्सटेन्सन अहिलेको प्रचलित फेसन हो । यो फेसनको विकास भएपछि पार्टी, विवाह तथा उत्सवमा जानेहरू धेरै आउने गरेका छन् । नेल आर्टको फेसन बढेपछि  नेपालका विभिन्न भागमा जंगस्ट्रोङले आफ्नो शाखा बिस्तार गरेको छ । काठमाडौं उपत्यकालगायत पोखरा, चितवनमा आफ्नो शाखामार्फत सेवा दिइरहेको छ । साथै सर्टिफाइड टिम उत्पादन गरी उक्त टिमले स्याङ्जा, तनहुँको खैरेनीटार, कास्कीको लेखनाथमा शाखामार्फत सेवा प्रदान गरिरहेको छ ।  सन् २०१५ भरिमा नेपालका मुख्य सहरमा नेलआर्टको सेवा बिस्तार गर्ने जंगस्ट्रोङको योजना छ । नेचुरल नेल आर्ट तथा फ्रेन्च नेल आर्टका लागि जंगस्ट्रोङ विशेष गन्तव्य मानिन्छ । अमेरिकामा उत्पादित सामान प्रयोग गर्दै आएको जंगस्ट्रोङले नेपालका लागि पोल्यान्डको डिलरमार्फत सामान आयात गर्छ । 

 Image