Successfully Copied

एयर होस्टेज

थुप्रै युवती एयर होस्टेजमा करियर बनाउन लालायित हुन्छन् । यो यस्तो क्षेत्र हो जहाँ जोखिमसँगै रोमाञ्चकता पनि छ ।

थुप्रै युवती एयर होस्टेजमा करियर बनाउन लालायित हुन्छन् । यो यस्तो क्षेत्र हो जहाँ जोखिमसँगै रोमाञ्चकता पनि छ । आकर्षक व्यक्तित्व, मीठो बोली, राम्रो व्यवहार, शिष्ट एवं सभ्य युवती एयर होस्टेजका निम्ति योग्य हुन सक्छन् । एयर होस्टेजको मुख्य जिम्मेवारी विमानमा यात्रा गरिरहेका यात्रुलाई आवश्यक सेवा–सुविधा उपलब्ध गराउने हो । विमानले उडान भर्नुअघि यात्रुलाई व्यवस्थित गर्ने, यात्राका क्रममा आवश्यक सहयोग तथा सेवा–सुविधा उपलब्ध गराउने र अवतरणपछि सुरक्षित रूपमा उतार्ने काम एयर होस्टेजको हो । 

एयर होस्टेजका लागि अंग्रेजी भाषा अनिवार्य मानिन्छ । एयर होस्टेजअन्तर्गत व्यक्तित्व विकास, टिकटिङ एयर क्राफ्ट, जिम्मेवारी र कर्तव्य, फ्लाइट अनाउन्समेन्ट, फ्लाइट इकुमेन्ट, सुरक्षा, साधारण स्वास्थ्योपचार, बोर्डिङ कार्ड चेक गर्ने विधि, लामो र छोटो दूरीको उडानमा ब्रेक फास्ट, लन्च, डिनर सर्भ गर्ने विधि आदि सबै कुरा सिकाइन्छ । 

 Image