Successfully Copied

इन्डक्सन हिटरको प्रयोग र सावधानी

यसरी मिडियम फ्रिक्वेन्सी प्रयोग गरी बनाइएको खानाको मोलिक्युुलर स्टक्चरमा केही परिवर्तन हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । आधुनिक चुल्हो भए पनि यसबाट उत्पादन हुने चुम्बकीय तरङ्गको प्रतिकूल असर हाम्रो स्वास्थ्यमा बढी नै हुन्छ तसर्थ यसको प्रयोगमा सावधानी र सतर्कता अपनाउनु नै बुद्धिमानी

सुनी जोशी, आइटी प्राविधिक

प्रविधिको विकास तथा आधुनिकीकरण हुँदै जाँदा त्यसले हाम्रो घर, समाजमा पनि निकै परिवर्तन ल्याएको छ । खाना पकाउन पनि विभिन्न किसिमका आधुनिक प्रविधिको विकास भएको छ जसमध्ये इन्डक्सन हिटर पनि एक हो । पश्चिमी मुलुकमा यसको प्रयोग वर्षौंअघिदेखि भए पनि ऊर्जा संकटपछि मात्र यसले नेपालमा पनि ग्यास तथा मटीतेलको विकल्पको रूप पाएको हो । अहिले धेरैको भान्सा कोठामा इन्डक्सन हिटर प्रयोग भएको देखिन्छ । समयको बचत तथा आधुनिक प्रयोग भएर होला यो हिटरको प्रयोग ह्वात्तै बढेको छ ।

इन्डक्सन हिटरभित्र इन्डक्सन क्वायल हुन्छ जसमा विद्युत् प्रवाह हुँदा चुम्बकीय तरङ्ग उत्पादन हुन्छ र त्यसमाथि बाहिर प्यानमा भाँडा हालिन्छ । जसले चार्ज भण्डार गर्ने क्यापासिटरको काम गर्छ । विद्युत् चुम्बकीय तरङ्ग उक्त प्यानमा प्रवाह हुँदा चार्जिङ र डिसचार्जिङ प्रविधिबाट यसमा हुने मोलिक्युलमा तीव्र गतिमा मिडियम फ्रिक्वेन्सी २० देखि १०० किलो हर्जमा कम्पन भै ताप उत्पादन हुन्छ । इन्डक्सनमा यसरी उत्पादन भएको ताप प्रयोग गरेर नै खाना पकाइन्छ ।

यसरी मिडियम फ्रिक्वेन्सी प्रयोग गरी बनाइएको खानाको मोलिक्युुलर स्टक्चरमा केही परिवर्तन हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ । आधुनिक चुल्हो भए पनि यसबाट उत्पादन हुने चुम्बकीय तरङ्गको प्रतिकूल असर हाम्रो स्वास्थ्यमा बढी नै हुन्छ तसर्थ यसको प्रयोगमा सावधानी र सतर्कता अपनाउनु नै बुद्धिमानी हुन्छ । डब्लुएचओका अनुसार यो चुल्हो प्रयोग गर्दा स्वास्थ्यमा असर पर्छ । मुटु रोग, रोगप्रतिरोधक क्षमतामा कमी, महिला तथा पुरुष प्रजनन अङ्गमा ह्रास, शिशुमा दृष्टिको समस्या, गर्भ तुहिने खतरासम्म हुने हुँदा यसको प्रयोगमा निम्न सावधानी अपनाउनु उपयुक्त हुन्छ ।

१. अन्तर्राष्ट्रिय मान्यता प्राप्त ब्रान्ड नै प्रयोग गर्ने ।

२. यो हिटर प्रयोग गर्दा सकेसम्म दूरी राख्नुपर्छ । आफ्नो शरीर र चुल्होको दूरी कमसेकम ३० सेन्टिमिटर हुनुपर्छ ।

३. खानाको भाँडा नाङ्गो हातले नछुने । काठको चम्चा मात्र प्रयोग गर्ने ।

४. भाँडाको तल्लो भाग पूर्णरूपले थाम्ने भाँडा मात्र प्रयोग गर्ने । गोलो भाँडा प्रयोग नगर्ने ।

५. भाँडा सधैं टल्किएको र सफा हुनु जरुरी छ । किनभने तेल वा फोहोर वस्तुबाट विद्युत् चुम्बकीय तरङ्ग लिक हुन सक्छ ।

६. गर्भवती महिला, बालबालिका तथा पेसमेकर लगाएका बिरामीहरूले यो इन्डक्सन हिटर प्रयोग गर्नुहुँदैन ।

७. यसलाई सुरक्षित राख्न आफूले एन्टिसेप्टिक एप्रोन तथा एन्टिसेप्टिक पन्जा प्रयोग गर्न सकिन्छ । 

 Image