Successfully Copied

प्राउन पनिर कोफ्टा करी

देग रेस्टुरेन्टमा तयार पारिएकाे प्राउन पनिर कोफ्टा करीकाे रेसिपि

आवश्यक सामग्री :

प्राउन ७ पीस

टोमाटो प्युरी २५ एमएल

पनिर ८० ग्राम

दही ५० मिलि

गरम मसला २० ग्राम

खुर्सानीको धूलो ५ ग्राम

लसुन ८ ग्राम

म्यांगो पाउडर १० ग्राम

धनिया १५ ग्राम

बटर १ सय ग्राम

तेल १५ मिलि

हरियो खुर्सानी ८ ग्राम

क्रीम १ सय ग्राम

नून स्वाद अनुशार

बनाउने विधी :

सबै मरमसलालाई एउटा भाडामा राखे पछि एउटा फ्राई प्यानमा तेल तताएर बटर हाल्ने । जम्बो प्राउन र डाइस कट काटेको पनिरलाइृ बटरमा सोथे गर्ने । आधा पाके पछि निकाल्ने र पून फ्राई प्यानमा बटर हाल्ने । त्यसमा अधि मोलेको मसलालाई १० मिनेट सम्म मधूरो आँचमा पकाउने । माथिवाट तेल निस्के पछि प्राउन र पनिर हाल्ने । ३,४ मिनेट पकाए पछि माथिवाट क्रीम हालि दिने । यो प्राउन पनिर करी रोटी, भात, चाउमिन जेसंग पनि खान सकिन्छ ।

 Image