Successfully Copied

उपाय ओठको सुन्दरता बढाउने

छालाका लागि पर्याप्त नरमपन जरुरी हुन्छ । छाला र ओठमा पर्याप्त नरमपन कायम राख्न हरेक मौसममा शरीरलाई पानीको आवश्यकता हुन्छ । अत: जाडो मौसममा पनि प्रशस्त पानी पिउनुपर्छ ।

ओठको नरमपन : छालाका लागि पर्याप्त नरमपन जरुरी हुन्छ । छाला र ओठमा पर्याप्त नरमपन कायम राख्न हरेक मौसममा शरीरलाई पानीको आवश्यकता हुन्छ । अत: जाडो मौसममा पनि प्रशस्त पानी पिउनुपर्छ । 

जिब्रोमा काबु : बारम्बार जिब्रो चलाउँदा ओठ सुख्खा हुन्छ । ओठलाई कोमल तथा नरम राख्न मोइस्चराइजरको आवश्यकता हुन्छ । 

आहारमा भिटामिन बी : पर्याप्त मात्रामा भिटामिन बी समावेश नगर्दा मात्र पाचनतन्त्र प्रभावित हुँदैन, यसले ओठलाई पनि प्रभावित गर्छ । ओठको किनारा र मुखको कुना सुकेर फुट्छ । भिटामिन बीको कमीले मुखमा अल्सर पनि हुनसक्छ । यस्तोमा ओठलाई स्वास्थ्य राख्न पर्याप्त मात्रामा भिटामिन बी सेवन गर्नुपर्छ । 

धूम्रपान गर्नु हुादैन : धूम्रपानले ओठ कालो र सुख्खा हुन्छ । ओठको रंग पिंक हुनुपर्छ । यसका लागि धूम्रपान छोड्नुपर्छ । 

घरेलु उपाय : मह र कागतीको केही थोपा मिसाएर नियमित रूपमा ओठमा लगाउनुपर्छ । यसबाट ओठको रंग सुन्दर एवं कोमल हुन्छ । ओठमा ओलिभ ओयल, तोरीको तेल वा ल्वाङको तेल लगाउन सकिन्छ । यसबाट ओठ कोमल, नरम एवं चम्किलो रहन्छ । केस्टर ओयलले ओठ फुट्न वा ओठको रंग खराब हुनबाट जोगाउाछ । 

ओठका लागि कस्मेटिक : पातलो ओठमा उभारको चाहना छ भने डर्मल फिलर जुबेडर्म राम्रो र प्रभावकारी विकल्प हो । जब यसलाई ओठमा प्रयोग गरिन्छ तब ह्यालुरोनिक एसिड बेस्ड फिलर ओठले उभार प्राप्त गर्छ । हाइडोफोलिक जेल पनि ओठमा नरमपनलाई बढाउन सहयोगी हुन्छ । यसको प्रभाव ६ देखि ९ महिनासम्म रहन्छ  । 

युवी  किरणबाट सुरक्षा : गर्मीमा हामी अधिकांश समय घरमा बिताउन चाहन्छौं तर जाडोमा बढी समयसम्म घाममा रहन मन पराउाछौं । सूर्यको युवी किरणको सम्पर्कमा आउँदा ओठको रंग धमिलो हुन्छ । यस्तोमा छालालाई पनि युवी किरणबाट सुरक्षित राख्नुपर्छ । ओठलाई सुख्खा र कालो हुनबाट जोगाउन बाम वा जेल प्रयोग गर्नुपर्छ जसले सूर्यको युवी किरणबाट सुरक्षा प्रदान गर्छन् । 

जाडोका लागि उपयुक्त लिपिस्टिक : यस्तो लिपस्टिक खरिद गर्नुपर्छ जसमा राम्रो मात्रामा मोइस्चराइजर पनि हुन्छ । कहिल्यै लिपिस्टिक लगाएर सुत्नु हुादैन । सुत्नुपूव लिपिस्टिक हटाउनपुर्छ र कुनै राम्रो खालको मोइस्चराइजिङ लिपबाम लगाउनुपर्छ । त्यस्तो बाम प्रयोग गर्नु ठीक होइन जसमा ग्लिसरिन, अल्कोहल, केमिकल भएको तत्व अथवा रेटिबल हुन्छ । 

ओठलाई पनि चाहिन्छ स्क्रबिङ : ओठको रंग गुलाबी राख्न तिनमा नियमित रूपमा स्क्रबिङ गर्नु आवश्यक हुन्छ । ओठको स्क्रब गर्नका लागि ओलिभ ओयल र सुगर पाउडर मिक्स्चर प्रयोग गर्न सकिन्छ । 

ओठको रंग सुधारौं : ओठलाई कालो हुनबाट जोगाउन कागती प्रयोग गर्नुपर्छ । कागतीमा प्राकृतिक ब्लिच हुन्छ । जसबाट ओठको दाग–धब्बा सहज रूपबाट हल्का हुन्छ । ओठलाई गुलाबी रंग दिन, त्यसलाई शीतल राख्न, मोइस्चराइजर गर्न र एक्सफोलिएट गर्न चुकन्दर तथा गुलाबजल प्रयोग गर्नुपर्छ । गुलाबजलको केही थोपा महमा मिसाएर ओठमा लगाउन सकिन्छ । आफ्नो ओठलाई पोषण प्रदान गर्दै नरम राख्न ओलिभ ओयल मसाज गर्न सकिन्छ । ओठलाई प्राकृतिक रूपबाट गुलाबी बनाउन अनारको रसको केही थोपा ओठमा मल्नुपर्छ । अनारको रसमा पानी र क्रिम पनि मिसाउन सकिन्छ ।

 Image