Successfully Copied

आउटलेट : जुनकिरी बुटिक, कुपन्डोल

जुनकिरीमा सबै प्रकारका लेडी किड्स वेयर उपलब्ध हुन्छ । असोज ५ गतेदेखि संचालनमा आएको जुनकिरी कुपन्डोलको लोकप्रिय किड्स वेयर कलेक्सनका रूपमा परिचित छ ।

विशेषता : लेडी किड्स वेयर कलेक्सन

जुनकिरीमा सबै प्रकारका लेडी किड्स वेयर उपलब्ध हुन्छ । असोज ५ गतेदेखि संचालनमा आएको जुनकिरी कुपन्डोलको लोकप्रिय किड्स वेयर कलेक्सनका रूपमा परिचित छ । छोटो समयमै लोकप्रिय जुनकिरी बालिकाहरूको मागबमोजिमका पहिरन तयार गर्ने राम्रो गन्तव्यका रूपमा सफल छ । जुनकिरीमा पार्टी वेयर, फर्मल, क्याजुअल तथा अहिले ट्ेरेन्डमा आएका जुनसुकै पहिरन खरिद गर्न सकिन्छ । यहाँ सिजनल तथा लेडी किड्सको इच्छाअनुसारका पहिरन पनि अर्डरबमोजिम तयार गरिन्छ । विशेषगरी यहाँ अहिलेको किड्सको ट्रेन्डका पहिरन फ्रक, वान पिस आदि उपलब्ध छन् । बाहिर खरिद गरेर भन्दा पनि बुटिक आफैले पहिरनहरू उत्पादन गर्ने भएकाले पनि जुनकिरी आकर्षणको केन्द्र बिन्दु भएको छ । यहाँ भर्खर जन्मिएकादेखि १३ वर्षसम्मका बालिकाहरूका लागि हुने फेसनेबल पहिरन पाइन्छ । १ हजारदेखि ६ हजारसम्मका पहिरन उपलब्ध हुने जुनकिरीले टिस्यु, भेल्भेट, कटन तथा जाडोमा ऊलनका पहिरन तयार गर्दै आएको छ ।

 Image