Successfully Copied

क्रेडिट कार्ड सुरक्षित राख्ने उपाय

जीवनलाई सजिलो बनाउने क्रेडिट कार्डको गलत प्रयोगले समस्या उत्पन्न हुन सक्छ। त्यसैले यो प्लास्टिक मनीलाई सही ढंगले प्रयोग गर्नुपर्छ।

जीवनलाई सजिलो बनाउने क्रेडिट कार्डको गलत प्रयोगले समस्या उत्पन्न हुन सक्छ । त्यसैले यो प्लास्टिक मनीलाई सही ढंगले प्रयोग गर्नुपर्छ । यसलाई लिएदेखि नै प्रयोगमा सावधानी अपनाउनुपर्छ। 

क्रेडिट कार्ड लिएपछि त्यसमा आफ्नो हस्ताक्षर दिनुपर्छ । यसो गर्दा अरूले यसलाई गलत हिसाबले प्रयोग गर्न सक्दैनन् । यसो गर्दा कसैले हस्ताक्षर चोर्न पनि सक्दैन । 

कार्डसँग सम्बन्धित कार्ड नम्बर, अवधि सकिने मिति, पिन नम्बरजस्ता कुराको जानकारी आफ्नो कुनै गोप्य स्थानमा नोट गर्नुपर्छ । 

कार्डलाई दुवैतर्फबाट फोटोकपी गर्नुपर्छ जसले गर्दा कार्ड हरायो भने ब्लक गर्न सजिलो हुन्छ । 

एटियम स्लिप, बदर गरिएको चेक, बैंक स्टेटमेन्ट तथा क्रेडिट कार्डको स्टेटमेन्ट आदि प्रयोग हुँदैनन् भने तिनलाई च्यातेर फाल्नुपर्छ । यसलाई त्यसै राख्नु घातक हुन सक्छ । 

पुरानो ग्याजेट वा फोन फाल्नुभन्दा पहिले त्यसमा प्रयोग भएका डाटा मेट्नुपर्छ । बैंकबाट आएको जानकारी एसएमएस तथा इमेलबाट जोकसैले आफ्नो गोप्य जानकारी प्राप्त गर्न सक्छ । 

क्रेडिट कार्डको पासवर्ड कसैले थाहा नपाउने गरी छनोट गर्नुपर्छ । 

आफ्नो पासवर्ड समय–समयमा परिवर्तन गर्नुपर्छ । हरेक स्थानमा एउटै पासवर्ड प्रयोग गर्नु हुँदैन । कतिपय अवस्थामा ह्याकरहरूले पासवर्ड पत्ता लगाउन सक्छन् । 

आफूले प्रयोग गर्ने वेभ साइडलाई बुकमार्कमा राखी आफ्नो व्यक्तिगत कम्प्युटरमा राख्नुपर्छ । 

कुनै पनि साइट बन्द गर्नुभन्दा पहिले त्यसलाई लग आउट गर्नुपर्छ । 

आफ्नो कम्प्युटर साथीसित शेयर गरिन्छ भने ब्राउजर केस तथा हिस्ट्रीको हरेक सेसनपछि त्यसलाई डिलिट गर्नुपर्छ । 

कार्डबाट किनमेल गर्दा आफ्नो कारोबारका सम्बन्धमा सचेत रहनुपर्छ । पसलमा कार्ड दिँदा पर्याप्त नजर राख्नुपर्छ । कार्डलाई आफ्नो आँखाबाट ओझेल हुन दिनु हुँदैन । 

आफूले गरेको कारोबारको बिल तथा रसिद सुरक्षित राख्नुपर्छ । आफ्नो स्टेटमेन्टलाई उक्त बिलसँग मिलान गर्नुपर्छ । 

स्टेटमेन्ट आफूसँग भएको बिलभन्दा बढी छ वा बिल तथा स्टेटमेन्ट मेल नखाए तुरुन्तै बैंकमा सम्पर्क गर्नुपर्छ । 

कार्ड चोरी भए तुरुन्तै बैंक तथा वित्तीय संस्थामा सम्पर्क राख्नुपर्छ । सम्पर्क गरिएन भने यसबाट हुने क्षतिको जवाफदेही वित्तीय संस्था हुँदैन । 

आफ्नो कार्ड हराएको सूचना दिइएको कस्टम केयर अधिकारीको नाम तथा नम्बर नोट गर्नुपर्छ । 

आफूले गरेको गुनासोका आधारमा  चाँडै कार्ड इस्यु भएन भने बैंकमा सम्पर्क गर्नुपर्छ । 

आफ्नो गुनासो सुनुवाइ भएन भने राष्ट्र बैंकमा सम्पर्क राख्न सकिन्छ । 

झरना नहर्की 

 Image