Successfully Copied

सबैको साहारा तारा

२ महिना अघि अमेरिकाको क्यालिफर्नियामा बेवारिसे नेपाली लास फेला पऱ्यो । नेपाली जनसम्पर्क समितिकी उपाध्यक्ष्य तारा बराल ( ५३ ) को पहलमा उक्त लास सनाखत सहित दाहसंस्कार गरियो । शुरुमा अमेरिका पुग्ने प्रत्येक नेपालीको अबिभावक बन्न सफल उनी १८ बर्ष अघि अमेरिका पुगेकी

सबैको साहारा तारा 

२ महिना अघि अमेरिकाको क्यालिफर्नियामा बेवारिसे नेपाली लास फेला पऱ्यो । नेपाली जनसम्पर्क समितिकी उपाध्यक्ष्य तारा बराल ( ५३ ) को पहलमा उक्त लास सनाखत सहित दाहसंस्कार गरियो । शुरुमा अमेरिका पुग्ने प्रत्येक नेपालीको अबिभावक बन्न सफल उनी १८ बर्ष अघि अमेरिका पुगेकी थिइन् । शुरुवाती दिनमा अत्यन्तै संघर्ष गर्न परेतापनि अहिले उनी क्यालिफर्नियाको प्रतिष्ठित नर्सिगंहोममा नर्सका रुपमा कार्यरत छिन् । इलामको चिसापानी शनिश्चरेमा जन्मिएकी बराल झापामा हुर्किएकी हुन् । स्नातकसम्मको अध्ययन पछि उनले शनिश्चरेको भानु मा.बि.मा सामाजिक शिक्षा पढाइन त्यसपछि उनी साझा सहकारीमा ९ बर्ष काम गरिन् । काठमाडौं आएपछि पनि सोही जागिरलाइ निरन्तरता दिइरहंदा पिएचडी गरिरहेका श्रीमानको आग्रहमा उनी अमेरिका पुगिन् । महिलालाइ पुरुषको सहयोग प्राप्त भए जस्तोसुकै काम पनि गर्न सफल हुन्छन् भन्ने ताराका श्रीमान डा.जीतबहादुर बराल आफ्नो सफलता र प्रेरणाको स्रोत भएको बताउंछिन् । 

बिदेश पुगेपछि अनेकन हण्डर खान परेका कारण तारा अहिले नेपालबाट अमेरिका पुगेर होम सिक हुने, अलपत्र परेका, उनीहरुको सहजीकरण तथा काम नपाएका लगायत नेपालीहरुको अन्य अधिकार र हकहितका लागी दत्तचित्त लागिपरेकी छिन् । त्यतिमात्र होइन थुप्रै बिदेशीलाइ नेपालबारे बेलाबखत बिफ्रिगं कार्यक्रम राखी यो सुन्दर देश घुम्न पठाइसके, तारा भन्छिन्–नेपाल र नेपालीका लागी हामी आफैंले नगरे कसले गर्छ ? 

असल श्रीमती, ब्यावसायिक महिला भइकन पनि एक छोरा र एक छोरीलाइ असल नागरिक बनाउन सकेकामा उनलाइ सन्तोष मिलेको छ । उनका अनुसरा महिलाले चाहे भने एकैपटकमा गुणात्मक परिणाम ल्याउने काम गर्छ सक्छन् भन्ने उनको तर्क छ । भुकम्पमा उनी उपाध्यक्ष्य रहेको नेपाली जनसम्पर्क समिति क्यालिफर्निया च्याप्टरले ताराकै पहलमा मुख्य ८ केन्द्रबिन्दुका जनतालाइ दबाइपानी, लत्ताकपडा, औषधीउपचारको ब्यवश्था लगायत खाद्यान्न समेत बितरण गऱ्यो । समतिका २५ सय भन्दा बढी सदस्यहरुको नेतृत्व गरिरहेकी तारा महिला बिकाश र शसक्तिकरणका लागी नेपालीहरुको सोचमा परिवर्तन र शिक्षा नै मुख्य रहेको बताउंदै भन्छिन्–हामी महिला जहां गएपनि जस्तोसुकै परिस्थिीलाइ सम्हाल्न सक्छौं । उनको बिचारमा बिदेशमा बस्ने नेपालीहरुलाइ दोहोरो नागरिकता दिनै पर्छ किनभने हामी आफ्नो मुलुकमा लगानी चाहान्छौं बिदेशी पैसालाइ मुलुक भित्र्याउन चाहान्छौं । 

 

 Image