Successfully Copied

आकर्षक इन्टेरियरका लागि ग्लास

ग्लासको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ । लिविङ रुम, डाइनिङ रुम सबै ठाउँमा यसको चमक देख्न सकिन्छ । कतै ग्लास र्‍याक त कतै मल्टी प्यानल टेबल । एलिगेन्ट रोयल लुकबाहेक बढी स्पेसको अनुभूति दिलाउनु ग्लासको विशेषता हो । यसले कलात्मकता पनि बढाउँछ

ग्लासको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ । लिविङ रुम, डाइनिङ रुम सबै ठाउँमा यसको चमक देख्न सकिन्छ । कतै ग्लास र्‍याक त कतै मल्टी प्यानल टेबल । एलिगेन्ट रोयल लुकबाहेक बढी स्पेसको अनुभूति दिलाउनु ग्लासको विशेषता हो । यसले कलात्मकता पनि बढाउँछ । सहज भएकाले पनि यसको प्रयोग बढेको हो । यसबाट घामको उज्यालो पनि सीधै भित्र आउँछ, अँध्यारो रहँदैन । फलस्वरूप बिजुली खर्चमा कटौती हुन्छ । यति मात्र नभई ग्लास लाइटवेट एवं ट्रान्सपरेन्ट हुनुका साथै कंक्रिटजस्तै बलियो पनि हुन्छ ।

पीबीबी र लेमिनेटेड ग्लासको उपयोग एलिवेटर्समा मात्र नभई फ्लोर, वाल्स, केबिन, क्युबिकल्स र पार्टिसनमा पनि बढ्दो छ जसले गर्दा सानो ठाउँ पनि स्पेसियस देखिन्छ । ग्लासको पारदर्शिताका कारण बाहिरका दृश्यहरूको आनन्द उठाएर बोर हुनबाट जोगिन सकिन्छ । ती व्यक्ति जो खुलापन चाहन्छन्, तिनका लागि ग्लासभन्दा राम्रो विकल्प अरू हुँदैन । ग्लासको उपयोग ती स्थानमा बढी उपयोगी हुन्छ जहाँ घाम लाग्दैन वा कम लाग्छ । ग्लासबाट आउने रेडिएसन कतै नोक्सानदायक त हुँदैन भन्ने प्रश्न उठ्छ । आर्किटेक्टहरूका अनुसार ग्लासमा यु फ्याक्टर प्रयोग गरिए भित्र आउने रेडिएसनबाट धेरै हदसम्म जोगिन सकिन्छ । आजभोलि डबल ग्लास पनि पाइन्छ, जसको प्रयोगबाट कुनै प्रकारको हानि हुँदैन । ग्लासले घरको सजावटमा सुगन्ध संचार गर्नुका साथै शालीनताको अनुभूति प्रदान गर्छ । भित्तामा ग्लास प्रयोग गर्दा चिसो र तातोको सन्तुलन रहन्छ ।फर्निचरमा पनि ग्लासको प्रयोग बढ्दो छ । लिविङ रुममा राखिने टेबल र डाइनिङ टेबलमा अहिले ग्लासको प्रयोग बढेको पाइन्छ । यसमा पनि थुपै्र लेयर्स हुन्छन् । साइड र कर्नर टेबल पनि विभिन्न आकारमा पाइन्छन्, जुन मात्र ग्लासबाट बनेका हुन्छन् । भान्सा र बाथरुममा पनि ग्लासले आफ्नो विशेष स्थान बनाएको देखिन्छ । अहिले ग्लासको प्रयोग गरी पार्टिसन बनाउने चलन छ । लिविङ रुममा ग्लास सेल्फ बनाएर त्यसमा कलाकृति सजाउन सकिन्छ । ग्लासको बुक सेल्फ पनि सुन्दर हुन्छ र त्यसबाट डेकोर पनि राम्रो देखिन्छ । ग्लासलाई काठका साथमा मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन । स्टोनका पिलर्स वा टेबलमुनि लगाइएको स्टोनका साथ पनि यो सुन्दर देखिन्छ ।

ग्लास लगाउनाले घरको सरसफाइ गर्न लाग्ने समय कटौती हुन्छ । गर्मीमा बाहिरबाट आउने गर्मी तथा जाडोमा चिसोपन भित्र आउनबाट रोक्न सकिन्छ । मटेरियलको तुलनामा ग्लास सस्तो र पूर्णरूपले रिसाइकल हुन्छ । ग्लासलाई प्लेनका साथै सप्तरंगी रंगबाट पनि सजाउन सकिन्छ । चाहे झ्यालको प्यानल होस् वा घरको भित्ताको शोभा बढाउने तस्बिर । अनेकौं रंगमा उपलब्ध हुने ग्लास हरेक प्रकारको डेकोरसित म्याच हुन्छ ।

ग्लासमा उज्यालो पर्दा प्रयोग गर्दा अनेक रंग र सेड कोठामा छरिन्छ । उच्च क्लास र स्टाइल प्रदान गर्ने गोलबेट र ग्लासले डेकोर डिजाइनको शोभा बढाउँछ । सजावटका अतिरिक्त कुकरीमा पनि डिजाइनर ग्लास, वाइन ग्लास, ब्रान्डी र मार्तिनी ग्लास, एलिफेन्ड हेड ग्लास र डेकोरेटिभ कोरल कलेक्सनको माग बढ्दो छ । लामो, ब्रड र स्लिक ग्लासको पनि माग बढ्दो छ । क्रिस्टल मिक्स ग्लास महँगा हुन्छन् ।

केही कामका कुरा

–भित्ता र ढोकामा राखिने स्टेन ग्लासको पेन्टिङले सबैलाई आकर्षित गर्छ । ग्लासको कलाकृति घरको कुनै पनि कोठामा प्रयोग गर्न सकिन्छ ।

–    झुन्डिने ग्लास प्यानलको फल्स सिलिङ पनि हिजोआज प्रचलनमा पाइन्छ ।

–    झ्यालमा पनि पेन्ट गरिएको वा टिनटेड ग्लास राख्न सकिन्छ ।

–    ग्लासको सबैभन्दा ठूलो विशेषता भनेकै यसमा फ्लोरलदेखि जियोमेट्रिकल डिजाइनको सुन्दरता वृद्धि गर्नु हो ।

–    ग्लासको फ्रेम होस् वा ग्लासको मूर्ति घरमा राख्न सकिन्छ । 

–    ग्लासको डेकोरेटिभ पिस चेस बोर्ड होस्, झुमर वा भित्तामा लगाइने प्यानल नै किन नहोस् यिनले घरको डेकोरलाई विशेष टच प्रदान गर्छन् ।

–    घरको इन्टेरियरमा ग्लास प्रयोग गर्दा भित्ता र फर्निचरको रंग धेरै डार्क नहोस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । ह्वाइट कलर वा पेस्टल सेड्सका साथमा यसको इफेक्ट राम्रो हुन्छ ।

–    उडभन्दा ग्लास इन्टेरियरका साथमा सेरेमिक वा मार्बल प्रयोग गर्नु राम्रो हुन्छ । यसलाई सफा गर्न साबुन पानी प्रयोग गरी पुछ्नुपर्छ ।

 Image