Successfully Copied

इएमआइ सजिलो माध्यम

आर्थिक क्रान्तिको युगमा अहिले इएमआइ मानव जीवनको अभिन्न अङ्ग भएको छ । जोकोही अहिले इएमआइको दायित्वबाट अछुतो छैनन् । नेपालीहरूको आर्थिक कारोबारप्रति चासो तथा सहभागिता बढ्दै गएका बेला इएमआइले चर्चा पाउनु कुनै नौलो कुरा होइन । कुनै पनि सामान जोड्न इच्छा हुने तथा

इएमआइ सजिलो माध्यम 

आर्थिक क्रान्तिको युगमा अहिले इएमआइ मानव जीवनको अभिन्न अङ्ग भएको छ । जोकोही अहिले इएमआइको दायित्वबाट अछुतो छैनन् । नेपालीहरूको आर्थिक कारोबारप्रति चासो तथा सहभागिता बढ्दै गएका बेला इएमआइले चर्चा पाउनु कुनै नौलो कुरा होइन । कुनै पनि सामान जोड्न इच्छा हुने तथा आफूसँग प्रशस्त पैसा नहुनेहरूले कुनै पनि बैंकबाट सामान खरिद गरेबापत हरेक महिना इएमआइ तिर्छन् । यसले हरेक महिना आफूले कुनै पनि बैंक अथवा वित्तीय संस्थाबाट लिएको सावा रकम कम हुँदै जान्छ । 

एक गैरसरकारी संस्थामा कार्यरत रुमा श्रेष्ठले स्कुटरको लामो यात्रापछि गाडी खरिद गर्ने मनसाय बनाइन् । उनको मासिक तलब राम्रै थियो तर पनि उनीसँग गाडी खरिद गर्न पुग्ने पैसा थिएन । त्यसैले उनले बैंकबाट ऋण लिएर गाडी खरिद गरिन् । अहिले हरेक महिनाको ५ गते उनी गाडीको इएमआइ भुक्तान गर्छिन् । श्रेष्ठ अरु कुरा बिर्सिए पनि इएमआइ भुक्तान गर्न चुक्दिनन् । श्रेष्ठ भन्छिन्–जरिवाना कसले बेहोरोस् ? गाडी खरिद गर्दा यसले निकै सजिलो तुल्यायो म यसलाई तनावको माध्यम बनाउन चाहन्न । महिना खप्टिनेबित्तिकै मोटो रकम तिर्नुपर्ने हुन्छ जुन आफ्नै लागि बोझ हो । 

इएमआइसँग बिस्तारै सावा घट्दै जान्छ । सुरुमा तय गरिएको समयअनुसार तोकिएको वर्षमा तिर्नुपर्ने सबै रकम चुक्ता हुन्छ । नेपालमा विशेषगरी घर–जग्गा तथा अटो लोनका लागि इएमआइ तोकेर ऋण प्रदान गरिन्छ । ग्राहकहरूको महिनाको आय हेरी बैंकहरूले आफ्नो नियमअनुसार इएमआइ तोक्छन् । इएमआइको समय ५ वर्षदेखि २० वर्षसम्म हुनसक्छ । बैंकलाई भुक्तानी गर्नुपर्ने रकम सदैव उस्तै पर्न जान्छ । इएमआइ लिन खोजेको सावा रकम, ऋणको अवधि, व्याजको दर तथा एडभान्सका आधारमा तय गरिन्छ । 

इएमआइले उपभोक्ताहरूलाई निकै सहज तुल्याएको छ । यसले गर्दा नियमित आय हुनेहरूले बैंकको माध्यमबाट आफ्नो सपना साकार गर्न सक्छन् अर्थात् राम्रो घर खरिद गर्न सक्छन्, आफूलाई मनपरेको गाडीमा चढ्न सक्छन् । भुक्तानी पनि एकैपटक गर्नु नपर्ने हुँदा खासै कठिन पनि हुँदैन । भुक्तानीको समय लामो हुने हुँदा तिर्दा सहज हुन्छ । यो बैंक तथा ग्राहकको सम्बन्ध निरन्तर गर्ने माध्यम पनि हो । यद्यपि इएमआइ समयमै भुक्तान नगर्दा त्यसले जटिल समस्या निम्त्याउँछ । जुन मितिमा इएमआइ तिर्ने हो त्यो दिन कट्यो भने त्यसमा अतिरिक्त शुल्क जोडिँदै जान्छ । तीन महिनासम्म इएमआइ भुक्तान गरिएन भने बैंकले राष्ट्र बैंकको नियमअनुसार कारबाही सुरु गर्छ । त्यसले इएमआइ समयमा भुक्तान गर्नुपर्छ । इएमआइ बैंकले ग्राहकहरूलाई दिने राम्रो अफर हो । एआइसी एसियाकी बजार अधिकृत चाँदनी श्रेष्ठका अनुसार इएमआइ ग्राहकहरूका लागि सम्पत्ति जोड्ने राम्रो तथा उत्कृष्ट माध्यम हो । यसले ग्राहकहरूलाई सामान जोड्न एक प्रकारको आत्मविश्वास बढ्छ । यसले उनीहरूलाई बैंकसँग कारोबार गर्न उत्प्रेरित गर्छ । ग्राहकहरूमा यसको माध्यमबाट आर्थिक चेतना निकै बढेको श्रेष्ठको अनुभव छ । यस्तो अफरबाट ग्राहक तथा बैंक दुवैलाई फाइदा पुगेको छ । बंैकले ग्राहक संख्या बढाएका छन् भने ग्राहकले आफ्नो सपना साकार पूरा गर्न सक्छन् । हरेक बैंकले विभिन्न अफरका साथ इएमआइ सेवा उपलब्ध गराउँछन् । पहिले त घर–जग्गा तथा सवारी साधनहरू इएमआइमा खरिद गर्न सकिन्थ्यो तर अहिले मोबाइलदेखि गहनासम्म इएमआइको माध्यमबाट खरिद गर्न सकिन्छ । इएमआइको प्रावधान राष्ट्र बैंकको नीतिअनुसार परिवर्तन भैरहन्छ । यसको व्याजदरमा पनि सोहीअनुसार फेरबदल हुन्छ । 

इएमआइको माध्यमबाट नेपालीहरूको जीवन स्तर पनि उच्च बन्दै गएको छ । कसैकसैले त खरिद गरेको घरको भाडाबाटै इएमआइ तिरेर सम्पत्ति तथा सावा घटाउने काम गरिरहेका छन् । इएमआइले थोपा–थोपा मिलेर समुद्र बन्ने सिद्धान्तलाई पछ्याएको छ । यसमा महिनैपिच्छे तिरिने रकमले केही वर्षमा आफूले लिएको सम्पूर्ण ऋणको सावा रकम भुक्तानी हुन्छ । 

 

 Image