Successfully Copied

टिनएज मेकअप

टिनएज मेकअप कस्तो हुनुपर्छ ? टिनएजमा स्वाभाविक प्राकृतिक सौन्दर्य हुन्छ । त्यसकारण यो उमेरमा हल्का मेकअप नै पर्याप्त हुन्छ ।

सलमा आगा, ब्युटिसियन  

रूप शृंगार लेडिज ब्युटिपार्लर, कपूरधारा, काठमाडौं

टिनएज मेकअप कस्तो हुनुपर्छ ? 

टिनएजमा स्वाभाविक प्राकृतिक सौन्दर्य हुन्छ । त्यसकारण यो उमेरमा हल्का मेकअप नै पर्याप्त हुन्छ । प्राकृतिक मेकअप जुनसुकै पहिरनमा पनि आकर्षक देखिन्छ । 

मेकपअ कसरी गर्ने ?

स्किन टोनअनुसार मेकअप गर्नुपर्छ । छालालाई सुट हुने कलर कम्बिनेसनमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

टिनएज मेकअप किटमा के–के हुनुपर्छ ?

टोनर, कम्प्याक्ट, फाउन्डेसन, लिपबाम वा लिपिस्टिक, गाजल, मस्करा, मोइस्चराइजर एवं आइब्रो पालिसका साथै नाइट क्रिम र अन्डर आइ क्रिम । 

मेकअप प्रोडक्ट किन्दा के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?

सबैको अनुहारको छाला एउटै हँुदैन । कसैको कालो त कसैको गोरो हुन्छ । त्यसमा पनि कसैको छाला चिल्लो हुन्छ त कसैको सुख्खा । छाला संवेदनशील अंग हो त्यसैले मेकअप प्रोडक्टका कारण अनुहारमा समस्या आउनु हुँदैन । 

 Image